Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
गैर पत्रकारको सदस्यता खारेज गर्न माग गर्दै ध्यानाकर्षण – Gaule Khabar

गैर पत्रकारको सदस्यता खारेज गर्न माग गर्दै ध्यानाकर्षण

गैर पत्रकारको सदस्यता खारेज गर्न माग गर्दै ध्यानाकर्षण

चितवन, माघ २१–

क्रान्तिकारी पत्रकार महासंघ चितवनले निस्किृय तथा गैर पत्रकारहरुको सदस्यता तत्काल खारेज गर्न माग गर्दै नेपाल पत्रकार महासंघ चितवनको ध्यानाकर्षण गराएको छ ।
क्रान्तिकारी पत्रकार महासंघका जिल्ला अध्यक्ष सूर्य बरालले पत्रकार महासंघका जिल्ला अध्यक्ष हरिप्रसाद पोखरेललाई ध्यानाकर्षण बुझाउनु भएको छ । क्रान्तिकारी पत्रकार महासंघले उठाएको मागलाई सम्बोधन नगरिए चरणबद्ध आन्दोलनमा उत्रिने अध्यक्ष बरालले चेतावनी दिए । ध्यानाकर्षण पत्र बुझ्दै पत्रकार महासंघ चितवनका अध्यक्ष पोखरेलले क्रान्तिकारी पत्रकार महासंघले उठाएको माग बारे छिट्टै छलफल प्रक्रिया अघि बढाईने आश्वासन दिनुभयो ।
क्रान्तिकारी पत्रकार महासंघले चरणबद्ध आन्दोलनका कार्यक्रम अनुसार आज ध्यानाकर्षण पत्र बुझाएको हो । क्रान्तिकारी पत्रकार महासंघले माघ २३ गते जिल्ला शाखा मार्फत केन्द्रमा विरोधपत्र बुझाउने, २५ गते पत्रकार महासंघ चितवन शाखा कार्यालयमा कालो झण्डा र ब्यानर टाग्ने, २८ गते एक दिनका लागि जिल्ला शाखा कार्यालयमा तालाबन्दी गर्ने, फागुन ५ गतेदेखि ३ दिन जिल्ला शाखा कार्यालयमा तालाबन्दी गर्ने, फागुन ११ गतेबाट जिल्ला शाखामा माग पुरा नभएसम्म अनिश्चितकालिन तालाबन्दी गर्ने जनाएको छ । ध्यानाकर्षण पत्र बुझाउन क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य शंकर सुवेदी, जिल्ला सचिव सरोज उपरकोटीलगायत पुगेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका