Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एलडिओ पोखरेलको १७ महिने चितवन बसाईः यस्ता छन् २१ बुँदे उपलब्धि – Gaule Khabar

एलडिओ पोखरेलको १७ महिने चितवन बसाईः यस्ता छन् २१ बुँदे उपलब्धि

एलडिओ पोखरेलको १७ महिने चितवन बसाईः यस्ता छन् २१ बुँदे उपलब्धि

चितवन, माघ २१–

स्थानीय विकास अधिकारी श्रवण कुमार पोखरेल जिल्ला विकास समिति चितवन आएको १७ महिना भयो । उनी अब चितवन छोडेर भूमी सुधार तथा व्यवस्था मन्त्रालय काठमाडौं जाँदै छन् ।
चितवन बसाईका क्रममा स्थानीय विकास अधिकारी पोखरेलले आफ्नो २१ बुँदे उपलब्धि प्रस्तुत गरेका छन् । औपचारिक बिदाई भेटमा पत्रकारहरु समक्ष बोल्दै स्थानीय विकास अधिकारी पोखरेलले आन्तरिक आयवृद्धि देखि लिएर जिविस चितवनलाई नेपालकै पहिलो वातावरणमैत्री कार्यालय घोषितसम्मलाई उपलब्धिको रुपमा प्रस्तुत गरेका छन् ।
स्थानीय विकास अधिकारी पोखरेलकै सक्रियतामा जिल्ला विकास समितिको मुहार फेरिएको छ । जसले गर्दा नेपालकै पहिलो वातावरण मैत्री जिविस कार्यालय घोषित भयो । तत्कालिन स्थानीय विकास मन्त्री कमल थापाले वातावरणमैत्री कार्यालय घोषणा गरेका थिए ।
यस्तै एलडिओ पोखरेलले साहित्य र कला क्षेत्रलाई समेत उजागर गर्न अक्षर समूहसंगको सहकार्यमा वातावरण सरसफाईलाई थिम बनाई पर्खालमा कला अभियानको पूर्णता दिलाए । जसका कारण जिविसका पर्खालहरु कलाले चम्किएको छ ।
यस्तै जिल्लाका प्रायः सबै नदीहरुको आई ईई गर्ने काम सम्पन्न गर्नुको साथै जलविरेमा रहेको लामो झरनालाई पब्लिक कम्युनिटि पार्टनरसीप मोडेलबाट संचालन र व्यवस्थानको काम सुरुवात गरिएको छ । यस्तै जिल्लामा रहेका एनजिओ÷आईएनजिओ व्यवस्थापनदेखि सामाजिक सुरक्षा भत्ता व्यवस्थापनमा जिविसले महत्वपूर्ण कार्य गरेको छ ।
यस्तै यस अवधिमा जिविसले केही नयाँ नितीको थालनी समेत गर्न सफल भयो । राम्रो काम गर्ने एनजिओ/आईएनजिओलाई पुरस्कृत गर्नेदेखि लिएर जंगली जनावरबाट मृत्यु भएका परिवारलाई राहन दिने, आफ्नै नाममा लालपुर्जा भएको पत्रकारहरुको प्रतिनिधिमूलक आधिकारिक संस्थालाई भवन निर्माणका लागि एक पटकका लागि मात्र अनुदान दिईने, गौमाता संरक्षण अनुदान निती, व्यवसायिक कृषक तथा पशुपालकहरुलाई पुरस्कृत गरिने, उत्कृष्ट करदाता/योगदानकर्ताहरुलाई सम्मान गर्ने नितीको विकास भएको छ । यी सबै कार्यान्वयनमा आईसकेको एलडिओ पोखरेलले जानकारी दिए ।

आन्तरिक आयमा वृद्धिः

जिविस चितवनले आन्तरिक आय वृद्धिमा समेत फड्को मारेको छ । नदीजन्य पदार्थको आम्दानी साविकमा एक करोड २२ लाख वृद्धि भई हाल २ करोडमा ठेक्का बन्दोबस्त भईसकेको, बाँकी ४ वटा नदीबाट न्यूनतम २ करोड १७ लाख असुल हुने स्थिति रहेको छ । चालु वर्ष यस शीर्षकमा कुल ४ करोड ५० लाखको हाराहारीमा आम्दानी प्राप्त हुने अपेक्षा गरिएको छ ।
यस्तै आयका लागि नयाँ क्षेत्रको पहिचान र अभ्यास समेत भएको छ । माटो निकासीमा स्थानीय (३ लाख १० हजार रुपैयाँ) र कोकाकोला (५ लाख रुपैयाँ) पहिलो पल्ट जिविसको कर दायरमा आएको छ । यसलाई पनि जिविस चितवनले महत्वपूर्ण उपलब्धीको रुपमा लिएको छ । यस्तै पहिलो पटक पर्यटक शुल्क जिविस कोषमा २ लाख १७ हजार रुपैयाँ जम्मा भएको एलडिओ पोखरेलले जानकारी दिए ।

उज्यालो गाउँ

स्थानीय विकास अधिकारी पोखरेलले आफ्नै कार्यकालमा जिल्लाका पहाडी गाविसलाई उज्यालो गाउँ घोषणाको रुपमा अभियान चलाए । उनले काउँलेको २ वडालाई पुरै सोलार प्रविधि मार्फत झलमल्ल बनाउने कामको सुरुवात गरे । आगामि दिनमा पनि यसलाई निरन्तरता दिनुपर्ने उनको भनाई छ ।

बाँदर पार्क

विभिन्न पार्कहरु निर्माणहरु भईरहेको हामीले खबर पाएकै छौं । तर चितवनमा नयाँ किसिमको पार्क निर्माणका लागि अध्ययन थालिएको छ । प्रशिद्ध धार्मिक स्थल देवघाट क्षेत्रमा बाँदर पार्क निर्माणको सम्भाव्यता अध्ययन थालिएको छ । यो नौलो काम भएकाले यसको सम्भाव्यता अध्ययनका लागि जिविसले एक लाख रुपैयाँ बजेट विनियोजन गरेको एलडिओ पोखरेलले जानकारी दिए ।

सुशानतर्फ सफलता हासिलः

चितवन जिविस पछिल्लो समय प्रविधि मैत्री बनेको छ । तपाईको जिविस वाईफाई जिविसको सुरुवात गरेको छ ।
यस्तै डिडिसी चितवन नामक मोवाईल एप्लिकेशनको विकास र प्रयोग गपिरएको छ । हेलो जिविस चितवन नामक फेसबुक आइडी बनाई जनतासंग प्रत्यक्ष सम्पर्क बढाउने काम गरेको जिविसले जनाएको छ । जिविसको आफ्नै वेभसाईट निर्माणदेखि लिएर विद्युतीय नागरिक बडापत्र, सम्पूर्ण योजना (नाम,बजेट, कार्यान्वयन स्थल)को विद्युतीय डिस्प्लेको अभ्यास गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका