Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनमा ई–रिक्साको ठूलो समस्या, तोकेभन्दा बढी सञ्चालन, बजार अस्तव्यस्त – Gaule Khabar

चितवनमा ई–रिक्साको ठूलो समस्या, तोकेभन्दा बढी सञ्चालन, बजार अस्तव्यस्त

चितवनमा ई–रिक्साको ठूलो समस्या, तोकेभन्दा बढी सञ्चालन, बजार अस्तव्यस्त

तुलमान गुरुङ,
चितवन, माघ २१–

भरतपुर नारायणगढ क्षेत्रमा सञ्चालनमा आएका ई–रिक्साको व्यवस्थापन हुन नसक्दा बजार अस्तव्यस्त बनेको छ । दुर्घटनाहरु बढेका छन् । सवारी जाम भएको छ ।
तोकेभन्दा बढी ई–रिक्सा सञ्चालनमा आएपछि यसको व्यवस्थापनमा कठिनाइ सिर्जना भएको छ । भरतपुर उपमहानगरपालिका कार्यालयको बोर्ड बैठक, जिल्लाका विभिन्न दलका प्रतिनिधि र रिक्सा व्यवसायी समितिबीच भएको निर्णयभन्दा बढी ई–रिक्सा सञ्चालनमा आउँदा व्यवस्थापन गर्न मुस्किल भएको हो । आजको चितवन पोष्ट दैनिकमा खबर छ ।
सरोकारवाला निकायबीच ९१२ वटा पुराना रिक्सा हटाइ ३०४ थान ई–रिक्सा भिœयाउने निर्णय भएको थियो । तर, बैठक बसेर निर्णय गर्ने सरोकारवाला निकायहरुले नै तोकेभन्दा बढी ई–रिक्सा सञ्चालन गर्नका लागि सिफारिस गरेपछि यसको व्यवस्थापनमा चुनौती थपिएको छ ।
यसलाई न रिक्सा व्यवसायी समितिले व्यवस्थित गर्न सकेको छ न ट्राफिक व्यवस्थापनले । बजारमा सार्वजनिक सवारी साधनभन्दा ई–रिक्साको संख्या बढी देखिन्छ । ई–रिक्सासँगै अटो रिक्सा (टेम्पो) ले गर्दा पनि बजार अस्तव्यस्त बनेको छ । समितिका अनुसार अझै पनि ४२२ थान प्याडल रिक्सा भरतपुर नगर क्षेत्रमा छन् । ५१४ थान ई–रिक्सा समितिमा आवद्ध छन् । तर, समितिभन्दा बाहिर कति ई–रिक्सा सञ्चालनमा छन् भन्ने कुनै तथ्यांक छैन ।
समितिमा आवद्ध भएकाबाहेक अन्यलाई सञ्चालनमा रोक लगाए पनि कार्यान्वयन हुन सकेको छैन । अन्य सरोकारवाला निकायहरुले यस विषयमा चासो नदिँदा कार्यान्वयनमा आउन नसकेको समितिले जनाएको छ । ‘आवश्यकताभन्दा बढी ई–रिक्सा सञ्चालनका लागि सरोकारवाला निकायहरुले सिफारिस गरेकोले रिक्सा व्यवसायी समितिलाई यसको व्यवस्थापन गर्न बडो गाह्रो भएको छ’ समितिका अध्यक्ष वीरेन्द्र लामिछानेले भने ।
सिफारिस गरिएका ई–रिक्सा सञ्चालनमा आएका भए अहिले यो समस्या नआउने उनले बताए । बजारमा ई–रिक्साहरुको व्यवस्थापन हुन नसक्दा अन्य सवारी साधन तथा पैदलयात्रीहरुलाई समस्या परेको चौतारी यातायात व्यवसायी समितिका अध्यक्ष भुवन बरालले बताए । ‘ई–रिक्साले यात्रु खोज्ने होइन, यात्रुले ई–रिक्सा खोज्दै आउनुप¥यो’ उनले भने ‘तब बल्ल व्यवस्थित हुन सक्छ । नत्र व्यवसाय धरापमा पर्न सक्छ ।’
रिक्सा व्यवसायी समितिका संस्थापक कोषाध्यक्ष अष्टमान श्रेष्ठ जुग्नु ले ई–रिक्सा व्यवसायीहरु एकजुट हुनुपर्ने ठाउँमा विभिन्न नाममा संघ संगठन खोल्नतर्फ लागेकोले यो अवस्था सिर्जना भएको बताए । ‘यसको विकल्प भनेकै सबै एकजुट हुनु हो’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका