Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेकपा एमाले चितवनको जनपरिचालन अभियान सुरु – Gaule Khabar

नेकपा एमाले चितवनको जनपरिचालन अभियान सुरु

नेकपा एमाले चितवनको जनपरिचालन  अभियान सुरु

चितवन, माघ २०–

नेकपा एमाले चितवन क्षेत्र नम्बर ३ ले आजबाट जनपरिचालन एवम् घरदैलो अभियान सुरु गरेको छ ।क्षेत्र नम्बर ३ अन्र्तगत आज भरतपुर १० को ज्ञानदर्शन टोलमा घरदैलो अभियान सञ्चालन गरीएको छ ।नेकपा एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलको अगुवाइमा गरिएको घरदैलो कार्यक्रममा संविधान संसोधनको प्रस्ताव राष्ट्रघाति भएकाले यसको विरोधमा एकजुट हुन आह्वान गरीएको छ ।सो क्रममा नेकपा एमाले जिल्ला अध्यक्ष सांसद पोखरेलले देश र नागरिकलाई छिन्न भिन्न बनाई विदेशीलाई हस्तान्तरण गर्ने खेल भएको आरोप लगाए ।संविधानका अन्तरवस्तुबारे नागरिकलाई सचेत गराउंदै संसोधन प्रस्ताव गलत भएको प्रस्ट्याउनु नै घरदैलो अभियानको मुख्य उद्धेश्य रहेको उनले बताए ।

स्थानिय निकायको निर्वाचन गराउन आलटाल गरेको सरकारलाई खवरदारी गर्दै कुनैपनि हालतमा निर्वाचन सम्पन्न गराउन दवाव दिने उनले बताए ।नेकपा एमालेसंधै नागरिकसंग हातेमालो गर्दै विकास निर्माणमा जुटेको भन्दै स्थानिय निकायमा जनताले प्राथमिकताका साथ रोज्ने वातावरण घरदैलो अभियानले गर्ने उनले दावी गरे ।आवाज
सत्ता भित्र वा बाहिर जहिले पनि देशको पक्षमा मात्र समझदारी र सहमती गरेको भन्दै देश र नागरिक टुक्राउने संविधान संसोधनको पक्षमा नेकपा एमाले कहिल्यै नउभिएको उनले प्रस्ट्याए ।

घरदैलो अभियानमा भरतपुर १० का क्रियाशिल नेता तथा कार्यकर्ताले नेकपा एमालेको पक्षमा जनलहर बढाउन उत्साही नारा लगाउंदै आर्कषित गरेकाथिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका