Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पशु सेवा कार्यालय प्रमुखले अभद्र ब्यवहार गरेको भन्दै किसान आन्दोलित – Gaule Khabar

पशु सेवा कार्यालय प्रमुखले अभद्र ब्यवहार गरेको भन्दै किसान आन्दोलित

पशु सेवा कार्यालय प्रमुखले अभद्र ब्यवहार गरेको भन्दै किसान आन्दोलित

धनकुटा, माघ १९ –

पशुसेवा कार्यालय धनकुटाका प्रमुख नन्दलाल बर्माले किसानलाई अभद्र ब्यवहार गरेको भन्दै धनकुटाका किसानहरु आन्दोलित भएका छन् । पशुपक्षि सम्बन्धी समस्या लिएर कार्यालय पुगेका किसानको कुरा नसुन्ने, कार्यालयको योजना र कार्यक्रमको विषयमा जानकारी नदिने र जानकारी माग्दा गालीगलौज गरेकाले किसानहरु आन्दोलित भएको कृषक भरत कार्कीले बताउनुभयो ।
बर्केनो भैसी संरक्षण कार्यक्रमको माग गर्नको लागि कार्यालयमा पुगेका अर्खौ जितपुरका गुरुप्रसाद पौडेललाई कार्यालय प्रमुख बर्माले किन चाहियो कार्यक्रम, किन पैसा चाहियो रु भन्दै गाली गरेको पीडितले जनाएका छन् । यही विषयमा छलफल गर्नको लागि कृषि ब्यवसायी संघका अध्यक्ष सुरेन्द्र पौडेलको नेतृत्वमा पशु कार्यालय पुगेका किसानहरुलाई कार्यालय भित्र प्रवेश गर्न नदिएको र कार्यालय प्रमुखले छलफल नै नगरी प्रहरी बोलाएर छेकेको किसानहरुले बताएका छन् ।
घट्नापछि बुधबार जिल्ला प्रशासन कार्यालयले आन्दोलनरत किसान र पशु कार्यालय प्रमुख बर्मालाई राखेर छलफल समेत गराएको छ । छलफलमा समेत कुनै सहमति नभएपछि किसानहरु आन्दोलित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका