Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
धुर्मुस सुन्तलीकाे पछिपछि औषधिसहितको चिकित्सक टोली – Gaule Khabar

धुर्मुस सुन्तलीकाे पछिपछि औषधिसहितको चिकित्सक टोली

धुर्मुस सुन्तलीकाे पछिपछि औषधिसहितको चिकित्सक टोली

महोत्तरी, माघ १९ –

हाँस्य कालकार धुर्मुस सुन्तली बर्दिबास पुगेपछि उनीहरु सँगसँगै महोत्तरीको बर्दिबासमा रहेको मुसहर बस्तीमा पहिलो पटक औषधिसहितको चिकित्सक टोली पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

मंगलबारदेखि सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा मुसहर समुदायका एक सय २५ जनाले स्वास्थ्य परीक्षण गराएर औषधि लिएका छन् । रेडक्रस सोसाइटी उपशाखा बर्दिबासको पहलमा २५ प्रकारका औषधि बोकेर बर्दिबासको सरकारी अस्पतालका डा। राकेश यादवको टोली बस्तीमा पुगेको रेडक्रस सोसाइटी बर्दिबास उप–शाखाका सचिव मकुन्द पौडे्लले बताउनुभयो ।
दिन दिनै जंगलबाट दाउरा ल्याई बजारमा बिक्री गरेर जीवन गुजार्दै आएका बर्दिबासका दुई सय ७० जना मुसहरहरुको सरकारी अस्पतालमा सहज पहुच नभएको बस्तीका अगुवा मञ्जय सादाले बताउनुभयो । धुर्मुस सुन्तलीलले मुसहर बस्तीका ५० घरपरिवारलाई लक्षित गरेर नमुना घर बनाई रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका