काठमाडौं, माघ १९ –
नेत्रहिन विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशले नेपाललाई २ सय ४ रनको लक्ष्य दिएको छ । भारतको नयाँ दिल्लीमा पहिले ब्याटिङ गरेको बंगलादेशले निधारित २० ओभरमा २ विकेट गुमाएर २ सय ३ रन बनाएपछि नेपालले २ सय ४ रनको विशाल लक्ष्य पाएको हो ।
बंगलादेशका मोहम्बद अब्दुल मल्लिकले ८३ र मोहम्बद मोसिन हसेन जायले ८८ रन बनाए । नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्दैछ । मंगलबार भएको पहिलो खेलमा नेपाल अष्टे«ेलियासँग १० विकेटले पराजित भएको थियो ।