Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनमा विकास बजेट खर्च सुस्तः ६ महिनाको बजेट खर्च १७ प्रतिशत – Gaule Khabar

चितवनमा विकास बजेट खर्च सुस्तः ६ महिनाको बजेट खर्च १७ प्रतिशत

चितवनमा विकास बजेट खर्च सुस्तः ६ महिनाको बजेट खर्च १७ प्रतिशत

चितवन,माघ १८-

चालु आर्थिक वर्षको छ महिनामा जिल्लामा विकास निर्माणका लागि निकासा भएको बजेटको १७.४६ प्रतिशत मात्र खर्च भएको छ । पुस मसान्तसम्ममा पुँजीगततर्फ ६८ करोड ४५ लाख ६२ हजार ५६७ मात्र खर्च भएको छ । पुस मसान्तसम्ममा पुँजीगततर्फ तीन अर्ब ९१ करोड, ९५ लाख १७ हजार निकासा भएको थियो ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल गङ्गा विश्वकर्माका अनुसार यस आवमा सबैभन्दा ठूलो विकास बजेट रहेको मुग्लिन–नारायणगढ सडक योजनाको ११.३६ प्रतिशतमात्र खर्च भएको छ । सो आयोजनाको एक अर्ब ५५ करोड ६६ लाख सात हजार बजेट निकासा भएकामा १७ करोड ६९ लाख ३६ हजार ३४३ मात्र खर्च भएको छ ।

यस्तै दोस्रो ठूलो बजेट रहेको डिभिजन सडक कार्यालयको ४५.७८ प्रतिशत खर्च भएको छ । सो कार्यालयको ६३ हरोड ८८ लाखमध्ये हालसम्म २९ करोड २४ लाख ५८ हजार खर्च भएको छ । जनताको तटबन्धको २४ करोड बजेटमध्ये ४९ लाख ७० हजार मात्र खर्च भएको छ । जुन दुई प्रतिशतमात्र हुन आउँछ ।

गत आवको ६ महिनामा ८.४७ प्रतिशत मात्र खर्च भएको थियो । गत वर्ष पुस मसान्तसम्मका लागि चार अर्ब ५९ करोड ३६ लाख ६१ हजार बजेट निकासा भएकामा ३८ करोड ९१ लाख ७७ हजार मात्र खर्च भएको थियो । गत वर्ष सबैभन्दा ठूलो विकास बजेट रहेको मुग्लिन–नारायणगढ सडक आयोजनाले ११.७३ प्रतिशतमात्र खर्च गरेको थियो । गत वर्ष सो आयोजनाको एक अर्ब ७६ करोड ८८ लाख ५२ हजार बजेट रहेको थियो ।

जिल्लाका अधिकांश कार्यालयले आवको अन्त्यतिर मात्र निकासा भएको बजेट खर्च गर्ने गर्छन् । ढिला गरी काम गर्दा अनुगमन कम हुने र कामको प्रभावकारिता समेत कम हुने गर्छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले विकास बजेट समयमा नै सही सदुपयोग हुने गरी खर्च गर्न सम्बन्धित कार्यालयका प्रमुखलाई निर्देशन दिइएको बताए । ती क्षेत्रको अनुगमनका लागि छुट्टै संयन्त्र बनाएर काम थालिने उनको भनाइ छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका