Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
‘रसैको माया बस्यो’ गीतका गायक रामकुमार राई रहेनन् – Gaule Khabar

‘रसैको माया बस्यो’ गीतका गायक रामकुमार राई रहेनन्

‘रसैको माया बस्यो’ गीतका गायक रामकुमार राई रहेनन्

काठमाडौं,माघ १८ –

‘रसैको माया बस्यो ख्यालख्याल गर्दैमा, बिरसै भयो हजुर बिछोड हुँदामा’ बोलको गीतबाट देशविदेशमा चर्चामा कमाएका गायक रामकुमार राईको सोमबार मोरङको बेलबारी बोराबाँधमा निधन भएको छ ।

विगत ३–४ महिना अघिदेखि कलेजोमा संक्रमण भएको थाहा पाएपछि उपचाररत राईको निधन भएको गायक तथा संगीतकार भुवन सुप्तिहाङले जानकारी दिए ।

गायक राईले अन्य दर्जनौँ लोकप्रिय गीत गाएपनि ०४०–४५ सालताका रेडियो नेपाल धनकुटाबाट स्रोताको ‘फर्माइस’मा अत्यधिक रुपमा बज्ने गरेको यो गीतबाटै उनले चर्चा कमाएको गायक तथा संगीतकार सुप्तिहाङले बताए ।

गायक राईले नयाँ गीत सिर्जना गरिरहेको र बजारमा निकाल्ने प्रयास गरिहेको सुप्तिहाङले बताए । उनले भने, “एक हप्ता अघि उहाँको स्वास्थ्य अवस्था बुझ्न मोरङ गएको थिएँ, आफू त गाउन सक्दिन होला, गीत लेखेको छु, तिमीले गाउनु पर्छ भन्नु हुन्थ्यो । हिजो साँझ काठमान्डु आइपुगेपछि पो उहाँको निधन भएको थाहा पाएँ ।”

सुप्तिहाङका अनुसार पूर्वमा अत्यधिक रुचाइएका सम्मानित व्यक्तिका रुपमा गायक रामकुमार राईलाई हेर्ने गरिएको छ ।
तस्विरः भुवन सुप्तिहाङ राईको फेसबुक एकाउन्टबाट
युट्युबमा हेर्नुस् रामकुमार राई

बाह्रखरी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका