Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बलिउडमा गोविन्दा यात्राः सुपरहिट इन्ट्रीदेखि सुपरहिट कमब्याकसम्म – Gaule Khabar

बलिउडमा गोविन्दा यात्राः सुपरहिट इन्ट्रीदेखि सुपरहिट कमब्याकसम्म

बलिउडमा गोविन्दा यात्राः सुपरहिट इन्ट्रीदेखि सुपरहिट कमब्याकसम्म

भारत,माघ १८

आफ्नो गज्जबको डान्स स्टाइल र कमेडीका माध्यमबाट दर्शकको मनमा राज गर्ने अभिनेता गोविन्दा भारतीय चलचित्र उद्योगमा तीन दशकदेखिको यात्रामा छन् ।

यस क्रममा उनले कैयौँ हिट चलचित्र दिए र अवार्ड जिते । तर, उनले केही यस्ता पनि चलचित्रमा काम गरे जुन उनको करियरमै खल्लो प्रमाणित भयो ।

भारतीय अनलाइन अमरउजालाले गोविन्दाको पहिलो चलचित्र ‘इल्जाम’ अत्यन्तै हिट भएको र यहीँबाट गोविन्दाको करियरले गति लिएको उल्लेख गरेको छ ।

गोविन्दाको पहिलो चलचित्र ‘इल्जाम’ सुपरहिट रह्यो । र, यहीँबाट गोविन्दाको करियरले रफ्तार लियो । तर, केही चलचित्र भने यति बेकार रह्यो कि आज गोविन्दा आफैँलाई पनि अफसोच हुन्छ होला ।

सन १९८६ उनको डेब्यु वर्ष थियो । र, यसै वर्ष पहिलो चलचित्र हिट दिएपछि उनले ‘तन बदन’, ‘ड्युटी’ जस्ता फ्लप फिल्म दिए ।

सन १९३३ मा आएको उनको चलचित्र ‘जख्मोका हिसाब’ पनि नराम्रोसँग फ्लप भएको थियो । यो चलचित्रमा गोविन्दाको जोडी फराह नाज थिइन् । सन् १९९४ मा ‘इक्का राजा रानी’ पनि राम्रो चल्न सकेन । यो चलचित्रमा गोविन्दासँग आयशा जुल्का मुख्य भूमिकामा थिइन् ।

८० को दशकमा गोविन्दाले प्रत्येक जनरमा काम गरेर आफ्नो प्रतिभा देखाएका थिए ।

तर, उनले धेरै जसो एक्सन फिल्म नै गरेका थिए । यता ९० को दशकमा उनको सुनौलो दौड सुरु भयो । यस दौडमा उनले आफूलाई कमेडी स्टारका रुपमा स्थापित गरे । ‘आँखे’, ‘राजा बाबु’, ‘कुली नं।१’ जस्ता कैयौँ हिट कमेडी फिल्म दिए ।

तर, फ्लप फिल्मले पनि यो दशकमा उनलाई पछ्याउन भने छाडेन । उनले ‘बनारसी बाबु’, ‘अग्निचक्र’, दो आँखे बाह्र हाथ’, ‘छोटे सरकार’, ‘जोरदार’, ‘माहिर’, ‘ग्याम्बलर’ र ‘किस्मत’ जस्ता फ्लप फिल्म दिए ।

९० को दशकको अन्तदेखि सन् २००० को सुरुआतसम्म गोविन्दाका कैयौँ चलचित्र फ्लप रहे । जसका कारण उनले चलचित्रबाट ब्रेक लिनु नै उचित सम्झे ।

यस क्रममा उनका कैयौँ यस्ता चलचित्रहरू बक्सअफिसको अनुहार नै देख्न पाएनन्, यो जानेर तपाईँ छक्क पर्नुहुनेछ । ‘परदेशी बाबु’, ‘राजाजी’, ‘नसीब’, ‘महाराजा’, ‘अचानक’, ‘हम तुमपे मरते हैं’, ‘शिकारी’ देखि ‘जिस देश में गंगा रहता हैं’ सम्म फ्लप भयो ।

सन २००० मा आएको चलचित्र ‘जिस देश में गंगा रहता हैं’ मा गोविन्दासँगै सोनाली बेन्द्रे र रिंकी खन्नासँग जोडी थियो । तर, यो चलचित्र पनि चलेन । यसपछि गोविन्दाको अरु केही चलचित्र समेत फिक्का भयो ।

दर्शकको आशा अनुसार भएन । कलेक्सनको मामिलामा पनि यी चलचित्र पछाडि नै रहे । यसमध्ये ‘अलबेला’, ‘बेटी नं।१’, ‘दिल ने फिर याद किया’, ‘क्योंकी में झुठ नहीँ बोलता’, ‘प्यार दिवाना होता हैं’ जस्ता चलचित्र समावेश छन् ।
सन् २००२ मा आएको चलचित्र ‘अँखियो से गोली मारे’ सम्म फ्लप भयो । अचम्मको कुरो यस चलचित्रमा गोविन्दा र रविना टन्डनको जोडीलाई मात्र मन पराइएन, सँगै यो चलचित्रका गीतहरू पनि हिट भए तरपनि चलचित्र नराम्रोसँग फ्लप भयो ।

‘वाह तेरा क्या कहना’, ‘चलो इश्क लडाएँ’, ‘राजा भैया’, ‘खुल्लम खुल्ला प्यार करें’, ‘सुख’, ‘सेन्डबिच’ र ‘सलामे इश्क’ जस्ता ठूला चलचित्र पनि फ्लपको सूचीमा सुरक्षित रहे ।

सन् २००६ मा गोविन्दाले पुनः चलचित्र क्षेत्रमा पुनरागमन गरे । र, सलमान खानसँग हिट फिल्म ‘पार्टनर’ दिए । पुनरागमनको यो क्रममा उनले पुनः सफलताको स्वाद चाख्न पाए । यसै क्रममा उनका कैयौँ चलचित्र आए तर फ्लप रहे ।

यसमध्ये सन २०११ मा आएको ‘नटी एट ४०’, ‘लुट’, ‘दिवाना में दिवाना’, ‘किल दिल’, र ‘ह्याप्पी इन्डिङ’ ले पनि शिर उठाउन सकेनन् । र अब चाँडै उनको एउटा नयाँ चलचित्र आउँदैछ, ‘आ गया हिरो’ । यो चलचित्रमा गोविन्दा पुनः आफ्नो कमिक र एक्शन अवतारमा देखिनेछन् । तर, यो चलचित्रले बक्सअफिसमा कस्तो कमाल देखाउने छ रु हेर्न भने बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका