Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
आठौं सिमरा गोल्डकपको तयारी पुरा – Gaule Khabar

आठौं सिमरा गोल्डकपको तयारी पुरा

आठौं सिमरा गोल्डकपको तयारी पुरा

बारा, माघ १७–

काठमाडौं बाहिरकै प्रतिष्ठित फुटबल प्रतियोगिताको रुपमा लिईने रुस्लान सिमराको गोल्डकपको आठौ संस्करणको तयारी पुरा भएको छ ।

आयोजक नव जनजागृति युवा क्लबले सोमबार पत्रकार सम्मेलन गरि प्रतियोगिता तयारी पुरा भएको जानकारी दिएको हो ।

माघ २० गते उद्घाटन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका पाँच र मोफसलका पाँच गरी १० टिमको सहभागीता रहनेछ । प्रतियोगितामा ‘ए’ डिभिजनका नेपाल आर्मीको त्रिभूवन क्लब, एपिएफ क्लब, सिएमजी संकटा क्लब, हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लब सहभागी हुनेछन् । प्रतियोगितामा मोफसलका साविक बिजेता बिजय युथ क्लब, उपबिजेता वीरगन्ज युनाईटेड क्लब, सहारा क्लब पोखरा, रुपन्देही ११ र आयोजक नव जनजागृति युवा क्लब सहभागी हुनेछन् ।

अखिल नेपाल फुटवल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठले उद्घाटन गर्ने प्रतियोगिताको बिजेताले पाँच लाख ५१ हजार नगद प्राप्त गर्नेछ । उपबिजेताले भने दुई लाख ५१ हजारमा चित्त बुझाउनेछ । प्रत्येक वर्ष पुरस्कार राशी वृद्धि गर्दै आएको आयोजकले यस वर्ष भने सो राशी वृद्धि नगरेर खेलाडी प्रोत्साहन भत्ता बढाएको छ । प्रतिस्पर्धामा जानुभन्दा पनि खेल खेल्ने खेलाडीलाई प्रोत्साहन गर्नका लागि उनिहरुलाई दिईने सुविधा बढाएको आयोजक अध्यक्ष एवम् प्रतियोगिता मुल आयोजक कमिटिका अध्यक्ष कासिम मियाले जानकारी दिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाईकल पाउनेछन् । यसैगरी प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई जनही १५ हजार नगदले पुरस्कृत गरिने क्लबका सचिव शम्भुसिंह ठकुरीले जानकारी दिए । यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित हुने खेलाडीलाई नगद पाँच हजार र ट्रफिले पुरस्कृत गरिने जानकारी ठकुरीले पत्रकार सम्मेलनमा दिए ।

आयोजकले यसवर्ष खेल अवधि हुने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै ६३ जनाको जीवन बिमा गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका