Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपालका नेताहरु नै हामीलाई अभिभावक मान्छन्, त हामी के गरौं?: भारतीय नेता जोली – Gaule Khabar

नेपालका नेताहरु नै हामीलाई अभिभावक मान्छन्, त हामी के गरौं?: भारतीय नेता जोली

नेपालका नेताहरु नै हामीलाई अभिभावक मान्छन्, त हामी के गरौं?:  भारतीय नेता जोली

नयाँ दिल्ली, माघ १७–
भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का प्रभावशाली नेता एवम् नेपाल मामिलाका जानकार विजय जोलीले भारतले नेपाललाई कहिल्यैपनि हस्तक्षेप नगरेको दाबी गरेका छन् ।
नयाँदिल्लीमा रहेका नेपाली विकासविद् एवम् युवा प्रर्वद्धक दिपेन्द्र कँडेलसँगको संक्षिप्त कुराकानीमा नेता जोलीले यस्तो बताएका हुन् । उनले भारतले नेपालको आन्तरिक मामिलामा कहिल्यैपनि हस्तक्षेप नगरेको जिकिर गरे । उनले भने,‘नेपालप्रति भारतको सदैव सकारात्मक सोच छ, त्यसैले भारतले नेपालको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप गर्दैन, र गरेको पनि छैन् ।’
उनले नेपालका शीर्ष नेताहरुले नै भारत भ्रमणमा आउँदा नेपालको आन्तरिक समस्याहरु सुनाउने र समाधानको लागि अनुरोध गर्ने गरेको उल्लेख गर्दै भने,‘नेपालका नेताहरु नै यहाँ आएर समस्याको बारेमा हामीसँग भन्नुहुन्छ, उहाँहरु हामीहरुलाई नै अभिभावक मान्नुहुन्छ, जुन कुरा कुटनीतिक परिपाटी भन्दा पनि बाहिरको कुरा हो, नेपाली नेताहरुको यस्तो खाले बानी व्यवहारले कहिलेकाहीँ भारतकोपनि नेपालको राजनीतिमा केही स्वार्थ छ कि जस्तो झल्किन्छ, तर यो नेपालका नेताहरुको गल्ती हो ।’
नेता जोलीले नेपालमा राजनीतिक स्थायित्व भएर मुलुक आर्थिक समृद्धिको बाटोमा अघि बढोस् भन्ने आफूहरुको चाहना रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका