Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विकास निर्माणमा जनता एक हुनुपर्छः साँसद घिमिरे – Gaule Khabar

विकास निर्माणमा जनता एक हुनुपर्छः साँसद घिमिरे

विकास निर्माणमा जनता एक हुनुपर्छः साँसद घिमिरे

चितवन, माघ १७–

पश्चिम चितवनको गीतानगरमा उच्च स्तरीय ग्रावेल सडको शिलन्यास गरिएको छ । सांसद विकास कोष अन्तरगत १२ लाख रुपैयाँको लागतमा ग्रावेलिङ हुन लागेको सो सडक शिलन्यास गरिएको हो ।
आज एक कार्यक्रमका क्षेत्र नम्बर ४ का साँसद रामकृष्ण घिमिरेले ग्रावेलिङ सडकको शिलन्यास गर्नुभयो । सो क्रममा बोल्दै साँसद घिमिरेले विकास निर्माणका लागि जनता एक हुनुपर्ने बताउनुभयो । स्थानीय निकायको निर्वाचन पछि विकास निर्माणले तिव्रता पाउने उहाँको भनाई छ । कार्यक्रममा बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णहरि धिताल, स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेल, नेपाली काँग्रेसका सूर्यप्रसाद अधिकारी, माओवादी केन्द्रका कृष्णचन्द्र पण्डित, समाजसेवी हरिविलास कोइराला, कृष्ण कोइरालालगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका