Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
त्रिवि र कृषि तथा वन विज्ञानबीचको विवाद किनारा, हेटौंडामा भर्ना लिन नपाइने – Gaule Khabar

त्रिवि र कृषि तथा वन विज्ञानबीचको विवाद किनारा, हेटौंडामा भर्ना लिन नपाइने

त्रिवि र कृषि तथा वन विज्ञानबीचको विवाद किनारा, हेटौंडामा भर्ना लिन नपाइने

चितवन,माघ १७-

त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका बीचमा हेटौँडामा भर्नाका विषयमा चुलिएको विवाद सर्वोच्च अदालतले किनारा लगाएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना भएदेखि नै दुई विश्वविद्यालयका बीचमा विवाद हुँदै आएको थियो। चार वर्षअघि त्रिविले चितवनको रामपुरमा कृषि र भेटेनरी सङ्कायमा भर्ना लिन छाडेको भए पनि हेटौँडामा भने दुवै विश्वविद्यालयले भर्ना लिँदै आएका थिए।

गतवर्ष तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माको अध्यक्षतामा दुई विश्वविद्यालयका पदाधिकारीसहितको बैठकले आउँदो वर्षबाट हेटौँडामा त्रिविले भर्ना नलिने सहमति गरेको थियो। तर यसवर्ष पनि त्रिविले हेटौँडा, पोखरा र काठमाडौँका लागि मङ्सिर ७ गते प्रवेश परीक्षा गर्ने भन्दै फाराम वितरण गरेको थियो। सोपश्चात् कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले सर्वोच्च अदालतमा गतवर्षको सहमति कार्यान्वयन गर्न भन्दै रिट दायर गरेको थियो। कात्तिक २४ गते सर्वोच्च अदालतले त्रिविअन्तर्गतको डिनको कार्यालय पोखराबाट हेटौंडा क्याम्पसका लागि विद्यार्थी भर्ना गर्ने अवस्था नदेखिएको भन्दै अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि त्रिविले अन्तरिम आदेशलाई बदर गर्न सर्वोच्चमै रिट दायर गरेको थियो ।

सर्वोच्चले माघ ९ गते कात्तिक २४ गतेको अन्तरिम आदेशलाई बदर नगरी निरन्तरता दिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश दीपकराज जोशीको संयुक्त इजलासले त्रिविलाई भर्ना लिने बाटो बन्द गरिदिएसँगै फाराम भरेका विद्यार्थीसमेत अन्योलमा परेका छन् । वन विज्ञान अध्ययन संस्थान डिनको कार्यालय पोखराका डिन कृष्णराज तिवारीले माघ १ गतेबाट पढाइ गर्ने तयारीका साथ शैक्षिक कार्यक्रम अगाडि बढाएको भए पनि सर्वोच्चको फैसलासँगै के गर्ने भन्ने टुङ्गो लाग्न नसकेको बताए। हेटौँडामा मात्रै ६०० फाराम दर्ता भएको बताउँदै उनले पोखरा र काठमाडौँका लागि छिट्टै प्रवेश परीक्षा लिने बताए। हेटौँडामा ८०, पोखरामा ८० र काठमाडौंमा ५० जना विद्यार्थी त्रिविअन्तर्गत वन विज्ञान पढ्दै आएका थिए ।

कृषि विश्वविद्यालयले पनि हेटौँडामा ८० जना विद्यार्थी पढाउँदै आएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्टार प्रा डा मनराज कोलाक्षपतिले सहमति अटेर गरेपछि बाध्य भएर सर्वोच्च जानु परेको भन्दै अदालतको आदेशअनुरुप कृषि तथा वन विज्ञान विश्वविद्यालयका ८० जना विद्यार्थी मात्र हेटौँडामा पढ्ने बताए। सो विश्वविद्यालयका डिन बलराम भट्टले दुई विश्वविद्यालयको खिचातानीका कारण समस्या भइरहेकामा सर्वोच्चको आदेशसँगै अब काममा सहजता आउने बताए। त्रिविको हेटौँडा पहिलो वन क्याम्पस हो । विसं २०३० बाट त्रिविले हेटौँडामा वनको पढाइ सुरु गरेको थियो । विसं २०४० मा मात्रै पोखरामा पढाइ थालिएको हो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका