WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BfeE4PNoiKxPjRro9YkcmVl7vMYSL40', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-20 13:05:59', '', 'admlnlx', 'admlnlx')
जितपुर (बारां), माघ १६ –
स्थानीय निकाय पुनर्संरचना आयोगले कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउन सिफारिस नगरेको भन्दै स्थानीयवासीले चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।
कलैयालाई उपमहानगरपालिका बनाउनुपर्ने माग गर्दै स्थानीयवासीले माघ १७ गतेदेखि कलैयाको भरतचोकमा रिले अनसनमा बसेका छन् ।
उद्योग वाणिज्य संघ बाराको अगुवाइमा सुरु गरिएको सो अनशनमा विभिन्न राजनीतिक दल र बुद्धिजीवीहरुको सहभागिता रहँदै आएको छ । – रासस