Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
आइसिटीलाई विकाससँग जोड्ने सरकारको योजना ः सञ्चार मन्त्री कार्की – Gaule Khabar

आइसिटीलाई विकाससँग जोड्ने सरकारको योजना ः सञ्चार मन्त्री कार्की

आइसिटीलाई विकाससँग जोड्ने सरकारको योजना ः सञ्चार मन्त्री कार्की

 
काठमाडौँ, १६ माघ ।

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सूचना, सञ्चार र प्रविधिलाई विकाससँग जोड्ने सरकारको योजना रहेको बताउनुभएको छ ।

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घद्वारा यहाँ आज आयोजित ‘सुबिसु आइसिटी सम्मेलन–२०१७’ को उद्घाटन गर्दै मन्त्री कार्कीले मुलुकको विकास प्रक्रियालाई आइसिटीसँग जोड्नुपर्छ भन्ने महसुस सरकारले पछिल्लो समयमा गरेको बताउनुभयो ।

“बङ्गलादेशलगायत केही मुलुक धेरै पछाडि थिए तर अहिले ती मुलुक आइसिटीमा धेरै अगाडि आइसकेका छन, हामी अगाडि बढ्न सकिरहेका छैँनौँ, यसबारेमा नेपाल टेलिकम, नेपाल दूरसञ्चार प्राधिकरण लगायतका निकायलाई निर्देशनसमेत दिइएको छ” – सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले भन्नुभयो ।

‘हात–हातमा मोबाइल घर घरमा इन्टरनेट’को नारा मात्रै लगाउनेभन्दा पनि इन्टरनेट सेवा के का लागि उपयोग गर्ने भन्ने महत्वपूर्ण भएको मन्त्री कार्कीको भनाइ थियो ।

मन्त्री कार्कीले भन्नुभयो – “सूचना प्रविधिको विकास भएसँगै अहिले हुलाक सेवाको काम देखिएको छैन, अब मन्त्रालयले हुलाक सेवालाई सूचना केन्द्रका रूपमा र सूचना विभागलाई सूचना भण्डारणका रूपमा काम गर्ने गरी जिम्मेवारी दिँदैछ ।” सरकारले ग्रामीण क्षेत्रका बालबालिकाको कम्प्युटरमा पहुँच पु¥याउने प्रयास गरिरहेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

सञ्चार सचिव महेन्द्रमान गुरुङले आइसिटीको प्रयोग बिना मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकास हुन नसक्ने बताउनुभयो । गाउँगाउँमा इन्टरनेट पु¥याउनुभन्दा पनि पूर्वाधारको विकास पहिलो प्राथमिकता हुनुपर्ने सचिव गुरुङको भनाइ थियो ।

महासङ्घका अध्यक्ष विनोद ढकालले महासङ्घले सूचना, सञ्चार तथा प्रविधिबारे सरकारसँग हातेमालो गरेर अगाडि बढ्न खोजिरहेको बताउनुभयो । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा आइसिटीबारे कार्यपत्र प्रस्तुत र त्यसमाथि छलफल हुनछ । सम्मेलनमा दक्षिण कोरिया, भारत, जर्मनीलगायत विभिन्न देशका आइसिटी विज्ञको सहभागिता रहेको छ ।- रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका