Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एप्पलका सीईओले गरे ट्रम्पको आप्रवासन नीतिको आलोचना – Gaule Khabar

एप्पलका सीईओले गरे ट्रम्पको आप्रवासन नीतिको आलोचना

एप्पलका सीईओले गरे ट्रम्पको आप्रवासन नीतिको आलोचना

अमेरिका,माघ१६ –

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको कठोर आप्रवासन नीतिको आलोचना गर्नेहरुको समूहमा एप्पल कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुक पनि थपिएका छन् । आप्रवासन बिना आफ्नो कम्पनीको अस्तित्व नरहने भन्दै उनले ट्रम्पको नीतिलाई समर्थन नगर्ने बताए ।

आफ्ना कर्मचारीहरुलाई पठाएको साझा इमेलमा उनले लेखेका छन्, ‘आप्रवासन बिना एप्पलको अस्तित्व रहन सक्दैन, फस्टाउने र प्रगति गर्ने कुरा टाढै छोडौं ।’

‘मधेरैले सात मुस्लिम बाहुल्य राष्ट्रका नागरिकलाई आगमनमा प्रतिवन्ध लगाउने गरी आएको कार्यकारी आदेशका बारेमा गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । मेरो पनि यस्तै चिन्ता छ । यो नीतिलाई हामी समर्थन गर्न सक्दैनौं,’ उनले अगाडि लेखेका छन् ।

त्यसपछि उनले डा। मार्टिन लुथर किङको भनाइ सापट लिएका छन्, ‘हामी सबै जना फरक(फरक जहाजबाट आएका हुन सक्छौं, तर अहिले हामी एउटै डुंगाका यात्री हौं ।’

यसअघि फेसबुकका संस्थापक मार्क जुकरवर्ग र गुगलका सीईओ सुन्दर पिचाईले अमेरिकी राष्ट्रपति ट्रम्पको अध्यागमन नीतिविरुद्ध मुख खोलेका थिए ।

शुक्रबार आफ्नो फेसबुक पेजमा जुकरबर्गले लेखेका छन्, ‘मेरा जिजिबुवा(जिजुआमाहरु जर्मनी, अष्ट्रिया र पोल्याण्डबाट आउनुभएको हो । प्रिसिल्ला (श्रीमती०का बाबु(आमा चीन र भियतनामका शरणार्थी हुनुहुन्थ्यो ।’

उनले अघि लेखेका छन्, अमेरिका आप्रवासीहरुको देश हो र, यसमा हामीले गर्व गर्नुपर्छ । तपाईंहरु जस्तै म पनि हालै राष्ट्रपति ट्रम्पले हालै हस्ताक्षर गर्नुभएको कार्यकारी आदेशको प्रभावका सम्वन्धमा चिन्तित छु ।’

अमेरिकालाई सुरक्षित राख्नुपर्छ, तर यसका लागि ती मानिसमाथि ध्यान दिनुपर्छ, जो वास्तवमै खतराजन्य छन्भ भन्दै उनले भनेका छन्, शरणार्थीहरु र सहयोगको आवश्यकता रहेका मानिसहरुका लागि आफ्नो ढोका खुल्ला राख्नुपर्छ । यदि हामीले शरणार्थीहरुलाई केही दशक अगाडि नै ढोका बन्द गरिदिएको भए, प्रिसिल्लाको परिवार अहिले यहाँ हुन्थेन ।’

जुकरबर्गको फेसबुकमा धेरै संख्यामा दक्ष आप्रवासीहरु काम गर्छन् । अन्य धेरै कम्पनीहरु जस्तै फेसबुकले पनि आफ्नो प्रविधि प्रोग्राम गर्न विश्वभरका इन्जिनियरहरुलाई रोजगारी दिएर राखेको छ । जुकरबर्गले लेखेको टिप्पणीमा तत्काल हजारौंले कमेन्ट गरेका छन् र उनीहरुको मत विभाजित छ ।

मेक्सिकोको सिमानामा पर्खाल लगाउन दिएको आदेशमाथि जुकरबर्गले गरेको आलोचनालाई भने धेरैले खिल्ली उडाएका छन् । जुकरबर्गले हालै हवाईस्थित आफ्नो १० करोड डलरको घरमा पर्खाल लगाएको सन्दर्भ उनीहरुले उल्लेख गरेका छन् । कतिपयले ट्रम्प आप्रवासनको विरुद्धमा नरहेको र केवल वैधानिक आप्रवासनलाई प्रवर्द्धन गर्न खोजेको तर्क गरेका छन् ।

यसअघि माइक्रोसफ्ट कम्पनीका सीईओ सत्या नाडेल्लाले सामाजिक सञ्जालमा लेखेका थिए, ‘एउटा आप्रवासी र कम्पनीको सीईओका रुपमा मैले हाम्रो कम्पनीमा, राष्ट्रमा र सिंगो संसारमा आप्रवासनको सकारात्मक प्रभाव देखेको र अनुभव गरेको छु । यस महत्वपूर्ण मुद्दामा हामी निरन्तर वकालत गरिरहने छौं ।’

ट्रम्पले शुक्रबार कार्यकारी आदेश जारी गर्दै सात राष्ट्रका नागरिकलाई अमेरिका आउन रोक लगाएपछि विभिन्न क्षेत्रबाट यसको विरोध भइरहेको छ ।

साथै संघीय अदालतले शनिबार आदेशबाट प्रभावित हुनेहरुलाई देश निकाला गर्न र आफ्नो देश फिर्ता पठाउन नसकिने आदेशमा रोक लगाएको छ । तर, यो अस्थायी हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका