Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनमा भव्य रुपमा मनाइयो सोनाम ल्होछार – Gaule Khabar

चितवनमा भव्य रुपमा मनाइयो सोनाम ल्होछार

चितवनमा भव्य रुपमा मनाइयो सोनाम ल्होछार

चितवन, माघ १६–
तामाङ समुदायको महान साँस्कृतिक पर्व सोनाम ल्होछार चितवनमा भव्य रुपमा मनाईएको छ । हरेक बर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाईने सोनाम ल्होछार यसवर्ष पनि शनिबार देशैभर धुमधामका साथ मनाइयो । चितवनमा पनि ल्होछारको रौनक भव्य देखियो । जिल्लाका विभिन्न एक दर्जन बढि स्थानहरुमा ल्होछारका छुट्टाछुट्टै कार्यक्रमहरु भए । जिल्लाको सदरमुकाम भरतपुरमा भरतपुर नगर तामाङ समाजले एक बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै ल्होछार मनायो । ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु जितु लोप्चन, बिशाल थिङ, सुनिता लामालगायतले छेच्यु थर्पलिङ गुम्बा भोजाड परिसरमा ल्होछार र सेलोप्रेमीहरु दर्शकहरुलाई मज्जाले नचाए ।


त्यस्तै विभिन्न स्थानिय कलाकारहरुको गीत तथा नृत्य प्रस्तुतिबाट पनि दर्शकले भरपुर मनोरञ्जन लिए । कार्यक्रममा मनोरञ्जनसँगै खुल्ला रक्तदानको पनि आयोजना गरिएको थियो । जसमा दुई जना महिलासहित २१ जनाले रक्तदान गरे । मनोरञ्जनसँगै सामाजिक दायित्व पुरा गर्ने उद्देश्यले रक्तदान पनि आयोजना गरिएको आयोजक भरतपुर नगर तामाङ समाजका अध्यक्ष गंगालाल लामाले बताए । उनले दिमाग र स्वास्थ्यका लागि फाइदाजनक विभिन्न खेलकुदका कार्यक्रम पनि गरिएको जानकारी दिए । त्यस्तै कार्यक्रममा पत्रकारितामार्फत तामाङ समुदायमा पुर्याएको योगदानको कदर गर्दै पत्रकार बबिलाल तामाङलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रमको भुमिसुधार तथा ब्यवस्था मन्त्री बिक्रम पाण्डेले उदघाटन गरेका थिए ।
यस्तै पूर्वी चितवनका विभिन्न स्थानमा पनि ल्होछारको अवसरमा विभिन्न साँस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रमहरु सम्पन्न भएका छन । राप्ती नगरपालिका ९ फाइभ ग्रुपमा साङ छेवाङ टासी बौद्ध गुम्बाले एक बृहत कार्यक्रमको आयोजना गर्दै ल्होछार मनायो ।
यस्तै गुम्बा वा कुनै संघसंस्था मात्रै होइन, यसपटक ल्होछार मनाउन विभिन्न टोलमा स्थानियहरु पनि सक्रिय देखिए । विगतमा तामाङ सम्बद्ध कुनै संस्था, गुठि वा गुम्बाहरुले मात्रै ल्होछार मनाउने परम्परा रहे पनि यसबर्ष टोलटोलमा स्थानिय जम्मा भई रमाइलो गरे । रत्ननगर ६ भेंडिमा यस्तै रमाइलो माहोल देखियो ।

गैर तामाङ पनि झुम्मिए

यसवर्षको ल्होछारमा तामाङ मात्रै हैन, गैर तामाङ पनि मज्जैले झुमे । भोजाड गुम्बा परिसरमा झन्डै आधा जसो दर्शक गैर तामाङ नै भेटिए । गुरुङ, मगर लगायत क्षेत्री, बाहुन, थारु लगायतले ल्होछारमा रमाइलो गरे । कार्यक्रममा भेटिएकी क्षेत्रपुरकी आकृति क्षेत्रीले भनिन्–“मलाई ल्होछार एकदमै मन पर्छ, तामाङहरुको ड्रेस नै निकै राम्रो अनि सेलो गीतहरु सबै नाच्न मिल्ने हुन्छन् ।” उनीजस्तै रत्ननगरकी बिन्दु श्रेष्ठलाई पनि ल्होछार औधी मन पर्छ । उनले त तामाङ ड्रेस नै खरिद गरेकी छिन् । ल्होछारमा विभिन्न ठाँउमा हुने कार्यक्रममा सेलोमा नाच्दा रमाइलो लाग्ने उनको भनाई छ । यस्तै थुप्रै गैर तामाङहरुले पनि ल्होछारमा खुबै रमाइलो गरे ।

तामाङ समुदायले यसबर्ष टे ल्हो (बाँदर बर्ग) लाई बिदाई च्या ल्हो (चरा वर्ग) लाई स्वागत गर्दै ल्होछार मनाएका हुन । चन्द्र पात्रो अनुसार हरेक माघ कृष्ण चतुर्दशीलाई यो समुदायले बर्षको अन्तिम दिनको रुपमा मान्ने गर्दछन । यसबर्ष मञ्जुश्री सम्बत २८५३ औ सोनाम ल्होछार धुमधामका साथ मनाइएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका