Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेप्से परिसूचकमा पहिलो दिनको तुलनामा ९० अङ्कको गिरावट – Gaule Khabar

नेप्से परिसूचकमा पहिलो दिनको तुलनामा ९० अङ्कको गिरावट

नेप्से परिसूचकमा पहिलो दिनको तुलनामा ९० अङ्कको गिरावट

काठमाडौं, माघ १५ –

यो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९० दशमलव ७ अङकले घटेर अन्तिम दिन एक हजार ३७५ अङ्कमा पुगेको छ । गत साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा १५ दशमलव १६ अङ्कले ओरालो लागेको थियो ।

यससाता नेपाल स्टक एक्सचेन्जमा १५५ कम्पनीको कारोबार भएको छ । जसअनुसार १९ हजार ३६० कारोबारबाट रु दुई अर्ब २२ करोड ९७ लाख पाँच हजार बराबरका ६६ लाख ६७ हजार १३० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १९ दशमलव ९४ प्रतिशत बढी हो ।

गत साता १५३ कम्पनीको कारोबार भएको थियो । जसअनुसार १४ हजार ७८५ कारोबारबाट रु एक अर्ब ८५ करोड ९० लाख ३७ हजार बराबरका एक करोड १३ लाख १८ हजार २७० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

यो साता समुगत परिसूचकमा वाण्ज्यि बैंकको ९४ दशमलव ०२, विकास बैंक ७४ दशमलव ३५, वित्त ४५ दशमलव १२, होटल ९३ दशमलव ८६, जलविद्युत् ८८ दशमलव ०१, बिमा ५७५ दशमलव ७८, उत्पादनमूलक ३५ दशमलव ३५, व्यापारमा शून्य र अन्य समूहको परिसूचकमा १९ दशमलव ७५ अङ्कले गिरावट आएको नेप्सेले उल्लेख गरेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १९ दशमलव ७५ अङ्कले घटेर २९८ दशमलव ४८ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकम ९रु ३६ करोड ३० लाख ८० हजार०को आधारमा प्रभु बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्या ९१८ लाख ५६ हजार कित्ता० को आधारमा पनि प्रभु बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार सङ्ख्या ९१६५० वटा० को आधारमा प्रभु बैंक लिमिटेड नै अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋण पत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

यस साता माउण्ट मकालु डेभलपमेन्ट बैंक लिमिटेडको तीन लाख ९० हजार र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड २८ हजार २८९ हकप्रद, सनराइज बैंक लिमिटेडको एक लाख ३२ हजार ५३४ बोनस तथा नविल इक्वीटी फन्डको १२ करोड ५० लाख इकाई कित्ता सेयर सूचीकृत भएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका