Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बौद्धनाथ चैत्यमा बाह्रवर्षे मेला, कुवा र चारवटै ढोका खुला – Gaule Khabar

बौद्धनाथ चैत्यमा बाह्रवर्षे मेला, कुवा र चारवटै ढोका खुला

बौद्धनाथ चैत्यमा बाह्रवर्षे मेला, कुवा र चारवटै ढोका खुला

काठमाडौं,माघ १५ –

हिमाली तथा उच्च पहाडी भेगमा बसोबास गर्ने समुदायको नयाँ वर्ष ल्होसारको दिन यसवर्ष वौद्धनाथमा १२ वर्षे मेला लागेको छ। प्रत्येक १२ वर्षमा एक दिन त्यस चैत्यमा लाग्ने मेला भर्न काठमाडौं उपत्यका र त्यस वरपर क्षेत्रबाट भक्तजनको भीड लागेको छ।
बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा विभिन्न सङ्घ संस्थाले भीड व्यवस्थापन तथा सामाजिक कार्य सञ्चालन गरेका छन् । समितिले सर्वसाधरण दर्शनार्थीका लागि आज चैत्यको चारवटै ढोका खुला गरेको छ । ल्होसारको दिन सो चैत्यको चारवटै ढोका खोलिन्छ। सो समुदायद्वारा विभिन्न १२ पशुपक्षीका नाममा वर्षको गणना गरिन्छ। एउटा चरा वर्षका दिन सो चैत्य निर्माण सुरु गरिएको र अर्को चरा वर्षमा चैत्य बनाएर सकिएकाले पनि १२ वर्षमा एक पटक चारवटा ढोका खुला गर्ने प्रचलन रहेको समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले जानकारी दिए। यसैगरी चैत्य परिसरभित्र रहेको कुवा पनि भक्तजनका लागि शनिबार खुला गरिएकाले जल निकाल्नका लागि त्यहाँ दर्शनार्थीको ठूलो भीड लागेको छ। महायानी सम्प्रदायको अनुयायीले उक्त कुण्डलाई पवित्र मान्दछन्।
सो कुण्डबाट जल निकालेर घरमा राखेमा अनिष्ट नहुने, दुःख कष्टबाट मुक्त भई पारिवारिक सुख शान्ति कायम हुने जनविश्वास रहेको बौद्व विद्वान् टीका शेर्पाले बताए। विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ चैत्यमा गत वर्षको भूकम्पले क्षति पुर्‍याएपछि त्यसको जीर्णोद्वारसमेत सम्पन्न गरिएको छ। तामाङ समुदायले बिभिन्न वेषभूषा, पोसाक तथा संस्कृतिलाई त्यस क्षेत्रमा शनिबार प्रस्तुत गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका