काठमाडौं,माघ १५ –
नेपाली कांग्रेसका नेता तथा समाजसेवी बलराम भट्टराईको निधन भएको छ । मधुमेह र मृगौला सम्बन्धी रोगबाट पीडित भट्टराईको उपचारका क्रममा मेडिकल कलेज जोरपाटीमा शुक्रबार ७९ वर्षको उमेरमा निधन भएको हो ।
भट्टराईले नेपाली कांग्रेस भोजपुर जिल्ला कार्यसमितिमा विभिन्न पदमा रहेर काम गरेका थिए । उनका श्रीमतीसहित २ छोरा र दुई छोरी छन् ।