तुलसीपुर,माघ १५-
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले भोली (माघ १५) गते सम्म निर्वाचनको मिति घोषणा नभए पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकार असफल हुने बताएका छन् ।भाषणमा मात्रै चुनाव गर्छु भन्ने तर व्यवहारमा कार्यान्वयन नगरेको भन्दै निर्वाचनको मिति घोषणा गरेर मुलुकलाई निर्वाचनमय बनाउन नसके प्रधानमन्त्री प्रचण्डको दिनगन्ती सुरु हुने उपाध्यक्ष ज्ञावलीले ठोकुवा गरे ।
प्रेस चौतारी नेपालले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै बोल्दै पूर्व मन्त्री समेत रहेका ज्ञावलीले चुनावको मिति घोषणा गरेर देखाइदिन आग्रह गरे । ‘चुनावको मिति घोषणा गर्छौ भन्दै हिड्नु भएको छ, भाषणले देश चल्दैन नेता ज्ञावलीले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भने मिति घोषणा गर्न तपाईलाई कसले रोकेको छ ? प्रश्न गरे ।
संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता कायम गरी निर्वाचनमा होमिनुपर्ने बेला सरकारले संशोधन प्रस्ताव दर्ता गराएकाले निर्वाचनको वातावरण बिग्रीदै गएको भन्दै उपाध्यक्ष ज्ञवालीले संशोधन प्रस्तावलाई थाँती राखेर निर्वाचनमा होमिनु पर्नेपनि बताए ।