Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
निर्वाचनका लागि दलहरुबीच मतभिन्नता छैन : सभामुख घर्ती – Gaule Khabar

निर्वाचनका लागि दलहरुबीच मतभिन्नता छैन : सभामुख घर्ती

निर्वाचनका लागि दलहरुबीच मतभिन्नता छैन : सभामुख घर्ती

विराटनगर, माघ १५ –

सभामुख ओनसरी घर्तीले निर्वाचनसँग सम्बन्धित सबै विधेयकहरु व्यवस्थापिका–संसद्बाट आगामी सोमबार पारित हुने बताएकी छन्।
नेपाल मगर विद्यार्थी सङ्घ मोरङको लेटाङमा आयोजना हुने नवौँ राष्ट्रिय महाधिवेशनमा भाग लिन जाने क्रममा विराटनगर विमानस्थलमा सभामुख घर्तीले पत्रकारहरुसँग कुराकानी गर्दै संविधान कार्यान्वयनका सन्दर्भमा हुने निर्वाचनको विषयमा दलहरुबीच कुनै मतभिन्नता नरहेको बताइन्।
उनले भनिन्, “संविधानमा आफ्नो समुदायको हक अधिकार स्थापित गर्ने विषयबाहेक निर्वाचनको सम्बन्धमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मत भिन्नता रहेको आफूले पाएको छैन।”
सबै राजनीतिक दलको सर्वसम्मतिमा निर्वाचनसम्बन्धी विधेयक फटाफट पास हुनुले पनि यो कुरालाई पुष्टि गर्दछ भन्दै सभामुख घर्तीले राष्ट्र र जनताको हितका लागि आआफ्नो अडानमा लचिलो हुने काम सबै राजनीतिक दलबाट हुनुपर्ने बताइन्।
विमानस्थलमा सभामुख घर्तीलाई अन्तर पार्टी महिला सञ्जालका तर्फबाट स्थानीय तहमा प्रमुख वा उपप्रमुख पदमा महिला आरक्षणको व्यवस्थाको सुनिश्चितताका लागि ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाइएको थियो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका