Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बर्दियामा ८८ जना नयाँ कुष्ठरोगी – Gaule Khabar

बर्दियामा ८८ जना नयाँ कुष्ठरोगी

बर्दियामा ८८ जना नयाँ कुष्ठरोगी

बर्दिया, माघ १४–

कुष्ठरोग निवारण अभियानअन्तर्गत माघ १० गतेदेखि हालसम्म बर्दियामा ८८ जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन् ।

कुष्ठरोग निवारणका लागि सञ्चालित अभियानअन्तर्गत बर्दियामा बिहीबारसम्म ८८ जना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय, बर्दियाका कुष्ठरोग कार्यक्रमका फोकल पर्सन जीवन रजौरेले जानकारी दिनुभयो । ८८ जनामध्ये २२ जनामा एमबी र ६६ जनामा पिबी देखिएको छ । पिबी भन्नाले कुष्ठरोगको जीवाणु अत्यधिक रहेकोलाई जनाउँछ । तीमध्ये सातजना बालबालिका रहेका छन् । बालबालिकामा एकमा एमवी र ६ जनामा पिबी देखिएको छ ।

दोस्रो दिनसम्म ३३ जना नयाँ कुष्ठरोगका बिरामी रहेपनि दिनहुँ कुष्ठरोगका बिरामी बढिरहेका छन् । कुष्ठरोगीको सङ्ख्या बढेपछि निवारणका लागि बाँके र बर्दियामा माघ १० देखि पाँचदिने अभियान सुरु भएको हो । बाँके सबैभन्दा धेरै कुष्ठरोगी भएको जिल्ला हो । धनुषा र बर्दियामा पनि धेरै कुष्ठरोगी छन् । सरकारले सन् २०२० सम्म ७५ वटै जिल्लाबाट कुष्ठरोग निवारण गर्ने उद्देश्यले बाँके र बर्दियामा नयाँ कुष्ठरोगी खोज्न सुरु गरेको हो ।

कुष्ठरोग निवारण अभियानअन्तर्गत घरदैलो कार्य खोजपड्ताल कार्यक्रमलाई प्राथमिकता दिइएको छ । माघ १० देखि १४ गतेसम्म खोजी अभियान जारी रहने भएपनि कुष्ठरोगका नयाँ बिरामी फेला परेपछि कुष्ठरोग निवारणका लागि अभियान थालिएको खोजपड्ताल कार्यक्रम केही दिन अझै लम्बिने बताईएको छ ।

कुष्ठरोगी सबैभन्दा बढी भएको बाँके र तेस्रो नम्बरमा रहेको बर्दियाबाट उपचारमा नआएका कुष्ठरोगीको खोजी सोमबारदेखि सुरु भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका