Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सविधान कार्यान्वयनमा एक बनौंः नेता नेम्वाङ – Gaule Khabar

सविधान कार्यान्वयनमा एक बनौंः नेता नेम्वाङ

सविधान कार्यान्वयनमा एक बनौंः नेता नेम्वाङ

रुपन्देही, माघ १३–

पूर्व सभामुख सुवास नेम्वाङले सहमतिमा निर्माण गरेको संविधान कार्यान्वयनका लागि पनि सवै दल एकैठाउँमा उभिनुपर्ने बताउनुभएको छ ।

देवदह व्यापार सङ्घले आयोजना गरेको तेस्रो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको आज उद्घाटन गर्दै नेकपा (एमाले) को संसदीय दलका उपनेतासमेत रहनुभएका नेम्वाङले संविधान कार्यान्वयनका लागि निर्वाचन नै उत्तम विकल्प भएको बताउनुभयो ।

उहाँले संविधान कार्यान्वयनको लागि निर्वाचनको कुनै विकल्प नभएको हुँदा संविधानले तोकेकोे समयसिमाभित्र तीनवटै तहको निर्वाचन गनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सविधान कार्यन्वयनका लागि निर्वाचन नै उपयुक्त विधि भएको बताउँदै प्रदेश नं ५ टुक्राउने गरी सरकारले प्रस्ताव गरेको संविधान संशोधन विधेयक कुनै पनि हालतमा पास हुन नसक्ने दाबी गर्नुभयो ।

उहाँले संविधानले सवै नेपालीको अधिकार सुनिश्चित गरेकाले कार्यान्वयनका लागि सवै लाग्नुपर्नेमा पनि जोड दिनुभयो ।

‘औद्योगिक व्यापार विविधीकरण, पर्यटन प्रवद्र्धन एवम् व्यवसायिक कृषि नै समृद्धि राष्ट्रको आधार’ भन्ने नाराका साथ देवदह व्यापार सङ्घले आयोजना गरेको मेलामा २१० स्टल रहेका छन् ।

आयोजक मूल तयारी समितिका अध्यक्ष कोशबहादुर गुरुङले चार लाख दर्शकले अवलोकन गर्ने र रु पाँच करोडको कारोवार हुने अनुमान गरिएको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका