Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सरकारी डाक्टरले निजी संस्थामा काम गर्न अनुमति लिनुपर्ने,नमाने संस्थाको अनुमतिनै खारेज – Gaule Khabar

सरकारी डाक्टरले निजी संस्थामा काम गर्न अनुमति लिनुपर्ने,नमाने संस्थाको अनुमतिनै खारेज

सरकारी डाक्टरले निजी संस्थामा काम गर्न अनुमति लिनुपर्ने,नमाने संस्थाको अनुमतिनै खारेज

काठमाडौं,माघ १३-

सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरुले ड्युटी आवर बाहेकको समयमा निजी स्वास्थ्य संस्थामा काम गर्नु परे सरकारको अनुमति लिनु पर्ने भएको छ ।अहिले सरकारी चिकित्सक तथा स्वाथ्यकर्मीहरु ड्याटीकै समयमा पनि निजी अस्पताल र प्राइभेट क्लिनिकहरुमा भेटिने गरेको जनगुनासो छ ।

यसलाई सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयले सरकारी स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीले पालना गर्नु पर्ने सेवा शर्त सम्बन्धी कार्यविधि ०७३ ल्याएको छ । मन्त्रिपरिषदबाट पारित भएको यो कार्यविधि अनुसार अब सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ड्युटी आवर विहान ९ देखि दिउँसो ३ बजेसम्म निजी अस्पताल तथा क्लिनिकमा काम गर्न पाउँदैनन् । यदि साँझ ५ बजेसम्म काम गरे सरकारले नै ‘ओभरटाइम’ भत्ता दिनेछ ।

र, सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुहरुले विहान ९ बजे अगावै र अपराहृन ३ वा ५ बजेपछि निजी अस्पताल तथा क्लिनिकमा काम गर्न चाहे अनुमति लिनु पर्नेछ ।यसको लागि फागुन मसान्तभित्र निवेदन दिई अनुमति लिन मन्त्रालयले स्वास्थ्यकर्मीहरुलाई अपिल गरेको छ । अनुमतिका लागि मन्त्रालयलको वेभसाइट वा इमेलमार्फत पनि निवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।

साथै निजी अस्पताल र क्लिनिकहरुले पनि सूचना बोर्डमा आफू कहाँ काम गर्ने र सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीको नामका साथै अनुमति लिए नलिएको खुलाउनु पर्नेछ ।अन्यथा निजी संस्थाको सञ्चालन अनुमति नै खारेज गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।अब चिकित्सक तथा स्वास्थ्यकर्मीहरु विदा वा काजमा बस्दा संस्थाको सेवा अवरुद्ध नहुने गरी बस्नुपर्नेछ र तोकिएको निकायबाट स्वीकृति लिनु पर्नेछ ।

अस्पतालले ओपीडी सेवा दिने डाक्टरको नाम, सेवाको दिन र समय देखिने ठाउँमा टाँस्नु पर्नेछ । त्यस्तै लाइन, डिस्प्ले बोर्ड तथा सूचना डेस्क राख्नु पर्ने लगायतका नियम पालना गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।‘मन्त्रिपरिषदको बैठकले कार्यविधि पारित गरेसँगै लागू भएको छ,’ स्वास्थ्य मन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेलले  भने, ‘केही दिन भित्रमै राजपत्रमा प्रकाशित गरीे सार्वजनिक सूचना मार्फत कार्यान्वयनमा आउनेछ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका